चीनको यो बजारः जहाँ हुन्छ सम्बन्धको व्यापार, केटाकेटीको लागि लाग्छ हाटबजार

शनिबारको दिन थियो । पानी परिरहे पनि चीनको शंघाईको पिपुल्स पार्कमा जबरजस्त भीड थियो। पार्कको सडक किनारमा उभिएका र बसेका मानिसहरु या त कसैको प्रतिक्षा गरिरहेका थिए या एकअर्कासँग कुरा गरिरहेका थिए । कसैले छाता ओढेका थिए भने कसैले भूँइमा राखेका थिए ।

छाता, भित्ता, भँई, रुखमा राखिएका छातामा ए–४ साइजको कागजमा मैंडरिन भाषामा युवक वा युवतीको बायोडाटा राखिएका थिए । बायोडाटाको अर्थ युवक वा युवतीको उमेर, वार्षिक आम्दानी, पढाई लेखाईको बेहोरा, जन्मदिन आदि थियो।

सन् २००५ देखि शंघाईमा यो विवाहको बजार हरेक सप्ताहान्तमा सजिने गरेको छ। त्यतिबेला मानिसहरुले यहाँ व्यायम वा घुमफिरका लागि आउने गर्दथे । त्यही मौकामा उनीहरुले आफ्ना छोराछोरीको विवाहका लागि पनि यही स्थललाई भेटघाटको गन्तव्य बनाए ।

चीनमा महंगी बढ्दो छ र युवायुवतीहरुमा आफ्नो पार्टनर्सका विषयमा आशा पनि । त्यसैले यहाँका युवायुवती ढिलो विवाह गरिरहेका छन् वा विवाह नै नगरी बसेका छन् । अझ विवाहका विषयमा उनीहरुको धारणामा पनि परिवर्तन आइरहेको छ।

चाइनिज एकेडेमी अफ सोशल साइन्सेजलाई उधृत गर्दै लेक लेख्छिन् कि सन् २०२० सम्म चीनमा कुमारी युवतीहरुको तुलनामा ३ करोड कुमार युवा हुनेछन्। चीनजस्तो तिब्रताका साथ विकास भइरहेको देशमा यस्तो हुनु स्वभाविक हो।, किनभने अमेरिका, जापान, भारत हरेक स्थानमा यस्तै भइरहेछ । तर भारतमा जस्तो चीनमा पनि छोराछोरीले विवाह नगरे वा ढिला गरे कयौ आमाबाबु, नाताका विषयमा तनाव लिने गर्दछन्।

पार्कमा हाम्रो भेट ग्रेससँग भयो । ग्रेस अस्ट्रेलियामा बस्छिन् र आफ्नो भान्जा झांग शी मिंगका लागि युवती खोजिरहेकी छन् । तर कयौ परिवारले उनलाई अस्वीकृत गरिसकेका छन्।

लखपति केटाको माग

मोबाइलमा मिंगको तस्वीर देखाउँदै उनले भने–मेरा भान्जा महिनाको ५,००० युआन (करिब ८० हजार नेपाली) कमाउँछन् । तर युवतीका परिवारको माग कम्तीमा महिनामा १ लाख ६० हजार कमाइ गर्नुपर्ने हुन्छ । उनी निकै खराब अवस्थामा छन्, किनभने उनी आफ्ना लागि युवती खोज्न सकिरहेका छैनन्।

चीनमा युवकले विवाहअघि बस्ने घरको व्यवस्था गर्नुपर्ने हुन्छ तर घरको मूल्य करोडौमा छ। पार्कमा युवतीहरुको झुण्डबाट एक जनाले हाँस्दै भनिन्–चीनको संस्कृतिअनुसार विवाहभन्दा पहिला केटाले आफ्नै घरको व्यवस्था गर्नुपर्ने हुन्छ । हामी केटीहरु फर्निचर किन्छौ ।

ग्रेसले भने–यदि मैले धेरै ऋण लिएर उसका लागि घर लिए पनि त्यो ऋण तिर्न उसलाई दशकौं लाग्नेछ । हाम्रो समयमा सरकारले हामीलाई निःशुल्क घर दिने गर्दथ्यो । हामीले मात्र आफ्नो साथी खोज्नु पर्दथ्यो, जसले हामीलाई माया गरोस्।

तैपनि ग्रेसलाई सही अवसर र समयको प्रतिक्षा छ। चीनमा पढेलेखेको भए पनि यदि युवतीको विवाह हुन सकेको छैन भने उसलाई लेफ्टओभर वा ‘बचेको’सम्म भन्ने गरिन्छ र त्यस्तालाई राम्रो दृष्टिले हेरिन्न ।

ग्रेसले भने–यहाँ जुन युवतीका आमाबाबु छन्, उनीहरुको उमेर ३५ आसपास छ । उनीहरुसँग राम्रो शिक्षा र रोजगारी छ । मिस्टर राइट चुन्ने उनीहरुको स्ट्यान्डर्ड उच्च छ । जब यी युवतीहरुको उमेर ४० पुग्नेछ तब उनीहरुले आफ्नो स्ट्यान्डर्ड माग तल ल्याउनुपर्नेछ ।

चीनमा पुरुषको विवाहको उमेर २२ र युवतीको २० तय गरिएको छ। विवाहमा समस्या सिर्जना हुनुमा कतिपय अवस्थामा सरकारको एक सन्तान नीतिलाई पनि जिम्मेवार ठहराउने गरिन्छ । वास्तवमा भारतमा जस्तो चीनमा पनि अधिकांश परिवार चाहन्छन् कि उनीहरुको घरमा छोरा नै जन्मोस् । र, वर्षौदेखि लागु एक सन्तान नीतिबाट कयौले छोरीको साटो छोरालाई प्राथमिकता दिए, जसबाट चीनमा सेक्स रेसियो असन्तुलित भयो।

युवतीहरुको घट्दो संख्या

संयुक्त राष्ट्रसंघको जनसंख्या विभागको सन् २०१६ को तथ्याङ्कअनुसार एक हजार छोरा जन्मदा ८६८ जना मात्र छोरी जन्मेका छन्। पार्कमा आएका अधिकांश आमाबाबुका एक सन्तान मात्र थिए । तर यो समस्याका लागि सहरीकरणलाई पनि जिम्मेवार मानिएको छ।

स्थानीय पत्रकार एडेरा लियांग भन्छिन्–चीनमा तिब्रताका साथ शहरीकरणका कारण धेरै युवाहरु शंघाईजस्ता सहरमा आएरहेका छन् । उनीहरु यही रहने गर्दछन् र विवाह गर्न चाहन्छन् तर अधिकांश परिवारको एक मात्र सन्तान छ…युवतीहरु पढेलेखेका छन् र उनीहरुको माग पूरा गर्ने पुरुषको संख्या सीमित छ । उनीहरुलाई लाग्दछ कि गलत केटासँग विवाह गर्नुको साटो एक्लै बस्नु उत्तम हुनेछ।

कतिपय केटाका आमाबाबु र आफन्तजनलाई यहाँ आउनुपर्छ भन्ने थाहा हुँदैन । किनकी यहाँ आउनुलाई परिवारमा लज्जाको विषयसँग जोडेर हेर्ने गरिन्छ । विशेषगरी उ युवतीको आफन्तजन हो भने, त्यसैले क्यामेरा देखेर मानिसहरु रिसाउछन् ।

विवाहको परम्परागत तरिका

एडेरा लियांग भन्छिन्–चीनमा विवा गर्ने यो परम्परागत तरिका होइन । यहाँ आउने कयौ परिवार रुढीवादी परिवारबाट हुन्छन् । जुन सन्तानका आमाबाबु यहाँ छन् । उनीहरुको उमेर ३५ देखि ४० वा त्योभन्दा बढी छ । उनीहरुका आमाबाबुका लागि यहाँ आउनुको कुनै विकल्प छैन । उनीहरुलाई लाग्दछ कि यहाँ उनीहरु आफ्नो सन्तानका लागि भरोसायोग्य साथी खोज्न सक्नेछन् ।

यद्यपि कयौ परिवारले बताए कि यो पार्कमा कमै मामिला हुन्छन् जब विवाहको कुरा पक्का हुन्छ । कुरा गर्ने कयौ कोशिसपछि एक युवतीले बिना कुनै नाम बताइकन भनिन्–विवाहका लागि यो राम्रो प्लेटफर्म हो, जहाँ मानिसहरु आपसमा भेटघाट गर्न सक्दछन् । यदि कुरा मिल्यो भने त राम्रो हुन्छ ।

हालै सरकारले दशकौं लामो एक सन्तान नीति अन्त्य गरेको छ।अर्थात अब चिनियाँहरुले एकभन्दा बढी सन्तान जन्माउन सक्नेछन् । मानिदैछ कि यसबाट विवाहको समस्यामा सुधार आउनेछ ।

एक तथ्याङ्कअनुसार जनसंख्याको दरलाई कम गर्नका लागि सन् १९७९ मा ल्याइएको यो नीतिका कारण ४० करोड बच्चा कम भएका छन् । तर चिनियाँहरुको बढ्दो औषतः उमेरका कारण सरकारलाई यो नीतिमा परिवर्तन ल्याउनु परेको हो ।

एडेरा भन्छिन्–सरकारको एक सन्तान नीतिबाट सेक्स रेशियोमा असन्तुलन आयो, किनकी विवाहलाई लिएर संकटका कारणमध्ये यो पनि एक हो । यो नीतिमा परिवर्तनबाट आशा छ कि केही वर्षमा यो समस्या कम जटिल हुनेछ ।

भर्चुअल ब्वाइफ्रेन्ड्स, अनलाइन म्यारिज वेभसाइट्स, मैचमेकिङ्ग पार्टीजको संसारमा अलग विवाहको यो बजारमा सम्बन्ध जोड्ने कोशिसहरु जारी छ, तर सफलता भने कमैले मात्र प्राप्त गरिरहेका छन् । विनीत खरे, बीबीसी सम्वाददाता

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..