‘शरद ऋतु’को पोस्टर सार्वजनिक

४५ मिनेटको छोटो चलचित्र (सर्ट फिल्म) ‘शरद ऋतु’को पोस्टर सार्वजनिक गरिएको छ ।यस चलचित्रले धेरैको मन जित्ने अपेक्षा राखिएको छ ।

चलचित्रमा आदित्य ठकुरी , सारादा राई र फिबी खड्गीको मुख्य भूमिकामा अभिनय रहेको छ । उक्त सर्ट फिल्मको गीतमा स्वरुप क्षेत्रीको संगीत रहेको छ भने साजना खड्गी र योजना खड्गीको गायन रहेको छ । चलचित्रमा स्वरुप क्षेत्रीकै डबिंग रहेको छ ।

छोटो चलचित्र ‘शरद ऋतु’को निर्माता आदित्य ठकुरी हुन् भने निर्देशक स्वरुप क्षेत्री हुन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..