सोनाली बेन्द्रेको स्वास्थ्यका विषयमा पति गोल्डीले गरे ठूलो खुलासा

एजेन्सी। न्यूयोर्कमा क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेको स्वास्थ्यका विषयमा उनका पनि गोल्डी बहलले ठूलो खुलासा गरेका छन् । गोल्डीले आफ्नी पत्नीको स्वास्थ्यको विषयमा ट्वीट गर्दै फ्यानहरुलाई यसको जानकारी दिएका हुन् ।

सोनालीसँग उनको पूरा परिवार न्यूयोर्कमा छ । त्यहाँ सँगै रहेका गोल्डीले ट्वीटमा लेखेका छन् ‘सोनालीलाई लगातार दिनुभएको माया र सहयोगको लागि यहाँहरु सबैलाई धन्यवाद । उनको स्वास्थ्य स्थिति अहिले स्थिर छ र कुनै समस्या छैन । यो उपचार एक लामो यात्रा हो । तर हामीले सकारात्मक सुरुवात गरेका छौं ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..