तीजमा राम्री हुने केले रैछ गायिका अमृतालाई सोध्नुस्

गायिका अमृता लुङ्गेली मगरको स्वरमा तीज कोशेली ‘राम्री हुने गाजलुले हो’ बजारमा आएको छ । अमृता लुङ्गेली मगर र साबित्रा बस्नेत भुजेलको संयूक्त तीजभाका अमृता लुङ्गेली मगरको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

शान्तिप्रियाको शब्द तथा सन्तोस श्रेष्ठको संगीत रहेको उक्त गीतमा साबित्रा बस्नेत भुजेलको अभिनय रहेको छ । स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको गीतका दृश्यहरु सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका हुन भने प्रकाश धमलाले भिडियो सम्पादन गरेका हुन ।

काभ्रेको महाभारत गाउँपालिकामा जन्मेकी अमृता १५ वर्षको उमेरसम्म गाउँमै रहिन् । उनको सांगीतिक जीवन गाउँमै सुरु भएको हो । गाउँमा हुने मेलापालमा अमृता गाउँथिन् । मगर समुदायको छोरी भएकीले पनि उनलाई सजिलो भयो । ‘मगर समुदाय गीत संगीतमा रुची राख्ने भएकाले खास गा(हो भएन । घरकाले राम्रै सहयोग गर्नु भयो ।’ अमृताले भनिन् ।

त्यसो त उनका घरका परिवारका सदस्य पनि संगीतप्रेमि थिए । गाउँमा छँदै उनको मष्तिष्कमा उब्जेको कलाले काठमाडौ प्रवेशपछि झाँगिने अवसर पायो ।

उनी गायनमा मात्रै सिमित छैनन् । आफ्नो गीतमा आफैं अभिनय पनि गर्छिन् । १५० भन्दा बढी गीतमा स्वर दिएकी अमृताको पहिलो गीत २०६५ सालमा रेकर्ड भएको थियो । कति राम्री …बोलको गीतमा बिरु लामा र अमृताले स्वर दिएकी थिईन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..