ग्लोबल नेपा: सुपरस्टारको लागि ३० लाख रुपैंयाको अक्षय कोष सार्बजनिक

नेपाल भाषा फिल्म क्षेत्रको कलाकारहरुलाई प्रोत्साहन दिनकोलागि ग्लोबल नेपा:नेटवर्क अभियान अन्तर्गत वर्षको एक जना पुरुष र एक जना महिला कलाकारहरुलाई एक एक लाखको अवार्ड दिने भएको छ l

काठमाडौको क्षेत्रपाति पार्टी प्यालेसमा गत जुलाई २१ तारेख शनिवारको दिन ग्लोवल नेपा: नेटवर्क परिचयात्मक कार्यक्रममा उक्त नेटवर्क अभियान अन्तर्गत ग्लोवल नेपा: सुपरस्टार अवार्ड सार्वजनिक गरेको हो l

कार्यक्रममा जापानमा बसेर नेपालभाषा कला संस्कृतिको सरंक्षण गर्न सक्रिय भूमिका खेल्नु हुने ग्लोबल नेपा: नेटवर्कका संयोजक सुनिल कुमार शाक्यको पहलमा ग्लोबल नेपा: सुपरस्टार अक्षय कोष अभियान संचालन हुने भएको छ l ग्लोबल नेपा: सुपरस्टार अक्षय कोष तीस लाख रुपैंयाको हुनेछ l उक्त अभियानलाई सफल तुल्याउन देश बिदेशका सम्पूर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरिएको छ l उक्त कोषमा एक लाख वा सो भन्दा बढी रुपैंयाको सहयोग गर्नु हुने सम्पूर्ण दाताहरु ग्लोबल नेपा:सुपरस्टारको आजीवन संस्थापक सदस्य हुने र उहाँहरुको योगदानलाई बिशेष कदर एवं सम्मान गर्दै प्रत्यक वर्ष दिईने उक्त अवार्ड उहाँहरुको हातबाट नै दिईने छ l

यसरी नेपाल भाषा फिल्म क्षेत्रमा पहिलो पटक यति ठुलो राशिको अवार्डलाई सफल तुल्याउन उक्त अवार्डको व्यवस्थापनको लागि नेपाल भाषा फिल्ममा सक्रिय कलाकार निर्देशक सुरेन्द्र तुलाधरको अध्यक्षतामा सात सदस्यीय ग्लोबल नेपा:सुपरस्टार फाउण्डेशन गठन गरिएको छ l

त्यस्तै उक्त फाउण्डेशनको उपाध्यक्षमा निलरत्न शाक्य ,सचिवमा रुमन जोशी ,कोषाध्यक्षमा सुधा डंगोल र सदस्यहरुमा प्रमिला शाक्य, राजीवमान शाक्य, अजयरत्न शाक्ययात रहनु भएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..