स्वादिष्ट झोल मासु बनाउने गज्जबको तरिका (विधि सहित)

काठमाडौं । मासुका परिकारमा झोल मासु नेपाली भान्सामा प्राय पाक्ने परिकार हो । यो परिकार बनाउन पनि सजिलो छ । यसमा केही सामग्री तथा केही विशेष तरिका अपनाएर अझ स्वादिष्ट बनाउन सकिन्छ ।

आवश्यक सामग्री 
मासु, तेल, टमाटर, प्याज, जिरा, रातो खुर्सानीको धुलो, बेसार
लसुन अदुवाको पेस्ट, तेजपत्ता, नुन, मिट मसला, हरियो खुर्सानी
ल्वाङ्ग सुकमेल, धनियाँ, हरियो प्याज

विधि 
एउटा भाँडोमा तेल तताएर जिरा फुराउनुहोस्।
त्यसमा ल्वाङ्ग सुकमेल, तेज पत्ता, हरियो खुर्सानी र प्याज राखेर चलाउँदै पकाउनुपर्छ।
अब त्यसमा बेसार राख्नुपर्छ।
त्यसपछि मासु राख्नुपर्छ र राम्रो संग चलाउँदै केही बेर पकाउनुपर्छ।
मासु राम्रोसंग फ्राई भइसकेपछि त्यसमा नुन, मिट मसला, लसुन अदुवाको पेस्ट, रातो खुर्सानीको धुलो राखेर राम्रोसंग चलाउनुपर्छ।
सबै मसला राखेपछि केही मिनेट चलाउँदै फ्राई गर्नुपर्छ ।
त्यसपछि त्यसमा हरियो प्याज र टमाटर राखेर राम्रोसंग चलाउनुपर्छ।
अब त्यसलाई छोपेर पांच मिनेट पकाउनुपर्छ।
त्यसपछि त्यसमा पानी राखेर पकाउनुपर्छ र अन्तिममा धनियाँ राख्नुपर्छ।
अब त्यसलाई पांच मिनेट जति छोपेर पकाउनुपर्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..