जब बिहानै उठे परिवारका सदस्य, त्यसपछि जे भयो तपाइँ अनुमान गर्न सक्नुहुन्न

एजेन्सी। भारतको हरिद्वारको लक्सरमा एक डरलाग्दो घटना सार्वजनिक भएको छ। त्यँहाको एक परिवार राति आफ्नो घरमा मजाले सुतरिहेका थिए। विहान जब निन्द्रा खुल्यो तब तल भूँइको दृष्य देखेर सबैको होश उड्यो। त्यतिमात्रै होइन पूरै घर परिवारमा भागदौड मच्चियो। यो कुरा एक घर दुइए घर हुँदै पूरा इलाकामा आगो जस्तै फैलियो र सुन्ने मान्छे डरले काम्न थाले।

यो घटना लक्सरको टाँडा महतौली गाउँको हो। यहाँको एउटा परिवार विहानै सुतेर उठ्दा घरभित्र गोही पसेको रहेछ। परिवारका सदस्य रातभर सुतिरहे। गोही भने पलङ मुनि बसिरहेको रहेछ। विहान उठेर हेर्दा त सबैको होश नै उड्यो।

घरभित्र रातभर खुंकार शिकारी बसिरहेको थियो तर, परिवारलाई थाहासमेत थिएन। यद्यपी सो गोहीले कसैलाई कुनै क्षति भने पुर्याएन। परिवारका सदस्यले विहानै वन विभागका कर्मचारीलाई खबर गरे अनि उनीहरुले गोहीलाई समातेर बाणगंगामा छोडिदिए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..