श्रीमानको उपचारका लागि आफ्नै सन्तान बेच्न बाध्य आमा….

भारतको उत्तर प्रदेशस्थित बरेलीमा समस्यासँग जुझिरहेकी एक महिलाले आफ्नो श्रीमानको जीवन बचाउनका लागि नवजात शिशु ४५ हजारमा बेच्न बाध्य भएकी छन् ।

घटना बरेली जिल्लाको मीरगञ्ज क्षेत्रको हो, जहाँ एउटी महिलाले आफ्नो विरामी श्रीमान बचाउन रकम अभाव भएपछि सन्तान बेच्न बाध्य भएकी हुन् । उनले आफ्नो १५ दिनको नवजात शिशु ४५ हजार भारतीय रुपैयाँमा बेचेकी हुन् ।

महिलाले भनिन्–श्रीमान विरामी छन्, मसँग पैसा छैन । जसका कारण मैले बाध्य भएर यो कदम चालेकी हुँ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..