रेखाको ‘हल्का माया’ले म्युजिकल्लीमा तहल्का मच्चाउदै

नायिका, निर्माता तथा निर्देशक रेखा थापाले निर्माण र निर्देशन गरेको बहुप्रतिक्षित चलचित्र ‘मालिका’ निर्माण घोषणा देखि नै चर्चामा आएको फिल्म हो । पछिल्लो समय “हल्का माया” बोलको गीतको भिडियो युट्युब मार्फत सार्बजनिक भए पछि त मालिकको पर्खाईमा बस्नेको संख्या धेरै बढेको छ ।

दर्शक स्रोतले समेत अभिनय गर्न मिल्ने म्यूजिकल्ली एपमा पछिल्लो समय यो गीत लोकप्रिय भएको हो । गीतको भिडियोलाई जाजरकोटको दरबारको प्रांगणमा रेखा थापासँग १०० भन्दा बढी नृत्यांगना राखेर सुदूर पश्चिमेलीको संस्कृतिक शैलीमा नृत्य निर्देशक रामजी लामिछानेले आकर्षक शैलिमा नृत्य गराएका छन् ।

रामशरण उप्रेतीले छायांकन गरेको फिल्मलाई सरस्वती थापा ले निर्माण गरेकी हुन भने कार्यकारी निर्माताको रुपमा नर बहादुर कार्की रहेका छन् । रेखा फिल्मस्को ब्यानरमा निर्मित फिल्म “मालिका” भने कार्तिक २१ गते लक्ष्मीपूजाको दिनदेखि रिलिज हुँदैछ । हल्का माया गीतलाई सुरेश अधिकारीले लेखेका हुन भने उनकै संगीत रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..