यसरी खिचिएको थियो ‘मालिका’को पहिलो गीत ‘हल्का माया’

अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन र अभिनय रहेको चलचित्र ‘मालिका’को पहिलो गीत केहि समय अघि सार्वजनिक भयो । गीतलाई धेरैले रुचाएका छन् भने दर्शकको प्रतिक्रिया पनि एकदमै राम्रो आएको छ ।गीतलाई छ लाख बडी दर्शकले हेरेका छन् भने एक हजार बडीले कमेन्ट गरेका छन् ।

नर बहादुर कार्कीको शब्द ,सुरेश अधिकारीको सङ्गीत रहेको ‘हल्का माया’ बोलको गीतमा अञ्जु पन्तको स्वर रहेको छ ।अभिनेत्री रेखा थापाको नृत्य रहेको उक्त भिडियोमा झन्डै एक सय बढी कोरसको नृत्य रहेको छ। जाजरकोट दरबारमा छायाङ्कन गरिएको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रको पटकथा शिवम अधिकारीले लेखेका हुन् भने कथा र कन्सेप्ट रेखा थापा र नर कार्कीको रहेको छ । लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउने चलचित्र ‘मालिका’मा रेखाको साथमा जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ ।

गीतको चर्चापछि निर्माण टीमले अब भिडियोको मेकिङ पनि सार्वजनिक गरेको छ ।सार्वजनिक मेकिङ भिडियोमा चलचित्रको ‘हल्का माया’ गीत छायांकन गर्दाको दृश्यहरुलाई समावेश गरिएको छ ।भिडियो:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..