डिभोर्स चाहेका दम्पतीलाई अदालतले दियो अनौठो आदेश, ४ दिनपछि भयो सोच्दै नसोचेको घटना

एजेन्सी। एउटा मोवाइलले पतिपत्नीबीच विवाद यतिसम्म बढ्यो कि विवाद सम्बन्धविच्छेद गर्ने निर्णयसम्म पुग्यो । यी दम्पती मोवाइल फोनमा लामो समय कुरा गर्थे । तर यी दुईले मोवाइलमा आफूहरु एक आपसमा नभइ अरु कसैसँग कुरा गर्थे । भारतको उत्तर प्रदेशको राजधानी भोपालका यी दम्पती यही फोनमा कुरा गरेकै कारण अदालतसम्म पुगेका थिए ।

एक दिन पतीले पत्नीलाई मोवाइलमा कुरा गरिरहेको देखेपछि रिसमा उनलाई कुटे । त्यसपछि पत्नीको मोवाइल पनि फोरिदिए । पत्नीले यसको उजुरी प्रहरीमा गरिन् । प्रहरीले कुटपिटको अभियोगमा मुद्दा दर्ता गर्यो । त्यसपछि यो मुद्दालाई अदालतमा पेश गरियो । अदालतले दुवै पती पत्नीको तर्क राम्रोसँग सुन्यो ।

अदालतमा पतिले आफू पत्नीसँग नबस्ने बताए । उनले पत्नीले दिनहुँ २–२ घण्टासम्म आफ्ना नातेदारसँग कुरा गर्ने र रोक्न खोजे झगडा गर्ने बताए । यही कारण उनले पत्नीसँग सम्बन्धविच्छेद गर्ने बताए । पत्नीले पनि आफ्ना पतिसमेत फोनमा घण्टौं अर्कै कोहीसँग कुरा गरिरहने बताइन् । पत्नीको समेत पीडा उस्तै थियो । उनले पनि पतिलाई फोनमा कुरा नगर्न भन्दा नमान्ने गुनासो गरिन् । उनी पनि सम्बन्धविच्छेद गर्ने अडानमा थिइन् ।

न्यायाधीशले दुवै पती पत्नीको कुरा सुनेपछि निकै अनौठो आदेश दिए । उनले तीन दिनसम्म दुवै पतिपत्नी बिहान ११ बजे अदालतमा हाजिर हुनुपर्ने, साँझ ५ बजेसम्म अदालत परिसरमै बिताउनुपर्ने र साँझ ५ बजे हाजिर गरेर मात्र जान पाउने अनौठो आदेश दिए । न्यायाधीशले दुवैलाई अदालतमा हाजिर हुन आउँदा मोवाइल फोन ल्याउन नपाइने निर्देशन समेत दिए ।

यो तीन दिनको सुरुवातमा उनीहरु उक अर्कासँग रिसाएरै बसे । पत्नी निकै रिसाउँथिन् । केही समयपछि पतिले उनलाई फकाउँथे । पत्नीले समेत उनले भनेको मान्न थालिन् । ३ दिनसम्म दिनभर बिना मोवाइल बस्नुपरेपछि उनीहरुबीचको रिस घट्दै गयो र यी दुईबीच मिलाप भयो । चौथो दिन फैसला सुनाउने दिन थियो । त्यो दिन ११ बजे सुनुवाइका लागि अदालत हाजिर भएका पतिले भने ‘अब सँगसँगै बस्ने भयौं ।’ न्यायाधीशका अनुसार ३ दिनमा यो जोडीले बुझिसकेका थिए कि मोवाइलबाहेक पनि जिन्दगीमा धेरै कुराहरु छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..