भीमफेदिफ गाइज र जुना सुन्दासको ‘चुन सुपारी’ सार्वजनिक (हेर्नुस् भिडियो)

काठमाडौं। पछिल्लो समयका निकै नै चर्चित रहेका भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको उक्त गीतलाई शुक्रबार बुढा शुब्बाको अफिसिय युट्यूब च्यानल मार्फत रिलिज गरिएको हो।

गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ। काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भीमफेदी गाइजको डान्स निकैनै आकर्षक र लोभ लाग्दो देखिएको छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..