बिद्यार्थीले परीक्षामा यौनको बारेमा यस्तो लेखिपछी ,प्रहरीसम्म पुग्यो उजुरी

गुजरात। भारतको गुजरातस्थित अहमदाबादमा कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएसँगै एक रोचक कुरा बाहिर आएको छ ।

यहाँको एक विद्यार्थीले केमेस्ट्रीको उत्तरपुस्तिकामा अश्लिल कुराहरु लेखेको पाइएको छ । उनले आफ्नो एक महिला, घरमा काम गर्न बस्ने केटी र फिल्मकी हिरोइनसँग आफूले यौन सम्बन्ध राखेको काल्पनिक  कुराहरु लेखेका थिए । पुलिसमा केस दर्ता भएपछि यस बिषयमा अनुसन्धान भइरहेको छ ।

परीक्षा बोर्डको नियमअनुसार परीक्षाको क्रममा उत्तरपुस्तिकामा अश्लिल शब्द लेखेमा चिटिङको केस दर्ता गरिन्छ । अहिल ती बिद्यार्थीको नतिजा प्रकाशनमा रोक लगाइएको छ ।
एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..