प्रेमिकालाई घर बोलाएर प्रेमीले गरे यस्तो हर्कत, जुन तपाइँ सोच्नपनि सक्नुहुन्न

वर्तमान समयमा समाजिक संजालको उपयोगले मानिसलाई जति नजिक ल्याउँछ, त्यति नै यसको प्रयोग घातक हुँदैछ। सामाजिक संजालका माध्यमबाट मानिसहरु नजिक हुन्छन् तर कहिलेकाँही नजिकको सम्बन्ध यति घातक हुन्छ की त्यसले मानिसको ज्यानैसमेत  जानसक्छ।

यसको उदाहारणको रुपमा पछिल्लो पटक सामाजिक संजालमा भेट भएपछि एक महिला र पुरुष प्रेम सम्बन्धमा बाँधिए। त्यसपछि पुरुषले ती महिलालाई आफ्नो घर बोलाएर सांघातिक आक्रमण गरे। रसियाको एक शहरमा बस्ने ४१ वर्षीया एक महिलाको भेट सामाजिक संजालमा ४५ वर्षको एक पुरुषको भेट भयो। सामाजिक संजालमा दुवैको कुराकानी हुन थाल्यो। र, यो सिलसिला निकै समयसम्म चल्यो। तर दुई जनाको चिनजान केवल समाजिक संजालमा मात्र सीमित थियो।

केही दिनपछि अनातोली येजुकोव नामका पुरुष साथीले आफ्नी तमारा नामकी प्रेमीकलाई भेट्नलाई आफू बसेको होस्टेलमा बोलाए। प्रेमीले प्रमिकासँग भेट्दा खानासँगै मदिरा पनि मगाए। जव प्रेमीका प्रेमीको कोठमा पुगिन् सबै चिज ठिकठाक थियो। तर खाना खाएपछि प्रेमीले यस्तो हरकत देखाए, उनीले प्रेमीकामाथि आक्रमण सुरु गरे।

उनले आफ्नो दाँतले प्रेमीकाको जिउभरी टोक्न थाले । प्रेमीको जिउभरी रगत बग्न थाल्यो। प्रेमीले प्रेमीकाको आँखा, नाक, कान दाँतले टोकेर खान सुरु गर्यो। उनको एकमात्र उद्देश्य महिलाको ज्यान लिने थियो।
आफूमाथि सांघातिक आक्रमण भएपछि उनी जोडले कराउन थालिन्। छिमेकीले उनी कराएको आवाज सुनेपछि प्रहरीलाई फोन गरे। प्रहरी घटनास्थलमा पुग्दा महिला गम्भीर रुपमा घाइते भइसकेकी थिइन्। प्रहरीले आक्रमणकारीलाई प्रक्राउ गरी जेल पठाएको छ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..