गायक सागर विसी र बाला दुराको आवाजमा तीज गीत “पान बुटटे फरिया” सार्वजनिक (भिडियोसहित )

नेपाली महिला हरुको माहान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “पान बुटटे फरिया” सार्वजनिक भएको छ । गायक सागर विसी र बाला दुराको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो ।

निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भाव मा सागर विसीले लेखेका छन भने लय सिर्जना ढोलराज परियारले गरेका छन । प्रकाश खड्काले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन ।

गीतको भाव अनुसार सुमन परियार , रिना थापा , रितु तामाङ र प्रनिल तामाङले अभिनय गरेका छन । साथै गीतको मौलिकतालाई ध्यानमा राखेर गीतको मर्म अनुसार प्रनिल तामाङले निर्देशन गरेका छन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..