
काठमाडौ । पोखरामा आउँदो कार्तिक ९ गतेदेखि पोखरा प्रिमियर लिग(पिपिएल) क्रिक्रेट प्रतियोगिता आयोजना हुने भएको छ ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको लागि पहिलो चरणमा मैदान निर्माणमा जोड दिइएको छ । पोखरा प्रिमियर लिगमा पोखरासँगै विराटनगर, काठमाडौ, बुटवल, नेपालगन्ज र धनगढी फ्रेन्चाइज सहर सहभागी हुने छन् । ६ फ्रेन्चाईज सहरले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।
घरेलु टिम पोखराले भने दुई जना पोखरेली खेलाडी टिम राख्नै पर्ने प्रावधान रहेको छ । ती फ्रेन्चाइज सहरले आफनै टिम बनाउने छन् ।
त्यसको लागि अक्सन(खरीदविक्री) मार्फत खेलाडी छानिनेछ । ‘प्रत्येक खेलाडीको ए, बी, सी र डी बर्गिकरण गरीने प्रतियोगिताको आयोजक क्विन्स इभेण्ट म्यानेजमेण्ट कम्पनी प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो ।
प्रतियोतिाको पुरस्कार राशी २५ लाख रुपैयाँ भन्दा बढी हुने आयोजकको दावी छ । प्रतियोगिता सम्पन्न गर्न दुई करोड भन्दा बढी खर्चको अनुमान गरिएको छ । टी–२० पोखरा प्रिमियर लिग कार्तिक ९ गदेखि २० गतेसम्म पोखरा रंगशालामा हुनेछ ।