युवाहरु धमाधम कृषिमा हाम फाल्दै, रामेछापको बेतालीमा तीन बस्नेत बने माछा ब्यबसायी 

सेन्टलरेन्स कलेजमा पत्रकारिता बिषय लिएर स्नातक पढ्दै गर्दा रामेछाप बेतालीका बाबुराम बस्नेतले आफू माछापालन ब्यबसायी बन्छु भन्ने कहिल्यै सोचेका थिएनन । कृषिमा नै केही गर्नुपर्छ भन्ने  सोच आएपछी पढ्दा-पढ्दै उनी गाउँ फर्किए । कृषिमा नै सम्भवाना केलाउदै गर्दा अचानक उन्को दिमाखमा घरभन्दा माथी लेकसाइडको मुलपानीमा पोखरी निर्माण गरेर माछापालन गर्ने योजना बन्यो । परिवारलाइ समेत आफ्नो उक्त योजना सुनाउदा सुरुमा त समर्थन बटुल्न अलि गार्‍हो नै पर्‍यो ।

तर त्यो योजना उन्को मात्र थिएन उक्त योजनामा  सहभागी थिए अर्का माओबादी केन्द्रका युवा नेता तथा अनेरास्वबियु क्रान्तीकारी बिध्यार्थी संगठन रामेछापका अध्यक्ष राजकुमार बस्नेत पनि । यसैलेपनी बस्नेतले पारिवरिक समर्थन सजिलै जुटाउन सफल भए ।

लगानीको हिसाब गर्दा झण्डै ३० लाखभन्दा बढी निस्केपछी राजकुमार र बाबुरामले गाउँकै उत्तर बहादुर बस्नेतसग पनि कुरा गरे । किन कि आर्थिकरुपमा उनी राजकुमार र बाबुरामभन्दा सबल थिए । उन्ले पनि उनिहरुको योजनामा सहमत भएपछी लगानी बाडफाडसगै कामको सुरुवात पनि भयो ।

लेकसाइडको मुलपानी भन्ने ठाउमा पोखरी निर्माणसगै  करिब ३० हजार माछा हाल्दा तिनै जनाले सोचेभन्दा बढी लगानी बढ्यो। युवाहरुको सम्भबत: रामेछापकै उत्तरी क्षेत्रकै यो कृषिमा देखिएको पहिलो उत्साहजनक उपस्थितिले परिवारलाइ पनि सयोग गर्न बाध्य बनायो । बाबुरामका बुबा कमल बहादुर बस्नेतले त नपुगेको ऋण समेत खोजिदिए । स्वभाबिकरुपमा उनिहरु कोहिसग पनि आफैमात्र लगानी गर्न सक्ने हैसियत थिएन । यसैलेपनी पार्टनरको जरुरत भयो ।

ट्राउट नामक जातिको माछा जुनमा हड्डी र काडा नहुनु  अनि स्वस्थ्यको हिसाबले समेत अति नै उपयोगी भएको हुनाले तिनै जना बस्नेतहरुको रजाइ ट्राउट माछा नै बन्यो । “यतिबेला करिब ३ सय मिटरभन्दा ठूलो पोखरीमा हामीले झन्डै ३५ हजारभन्दा बढी माछाका भुराहरु हालेका छौ, बेच्न पनि सुरुवात गरिसक्यौ, खासै यतिबेला फाइदा त छैन तर हाम्रो उदेश्य अबको २ बर्षपछीदेखी आम्दानी गर्नु हो, हामीले सोचेभन्दा पनि राम्रो भएको हुनाले आम्दानी राम्रो लिन सकिने आत्मबिस्वास बढेको छ” सोही समुहका राजकुमार बस्नेतले बताए ।

माछा पोखरीको  रेखदेख गर्ने र माछाहरुलाइ उचित आहाराको ब्यवस्था गर्न दोलाखा जिरीका एक जना युवालाइ उनिहरुले रोजगार समेत दिएका छन बाकी काम बाबुरामका भाइ बिजय र बुबा कमल बहादुर लगायत अन्य परिवारका सद्स्यहरुले सयोग गर्ने गरेका छन । बाबुरामका बुबा कमलबहादुर त  बेरोजगारले बरालिनुभन्दा आफ्ना छोराहरु स्वरोजगार भएकोमा धेरै खुसी लागेको बताउछन । “धेरथोर ऋण होला तर काम आशाजनक र  उत्साहजनक भएको हुनाले पनि म बिस्वस्त छु ” उन्ले बताए ।

यता उत्तर बहादुरका छोरा प्रभु बस्नेत पनि पढ्दै बुबालाइ काममा सयोग गरिरहेको बताउछन । किसानहरुले सरकारबाट पाउने सुबिधाको अहिलेसम्म प्रयोग नगरे पनि सरकारी अनुदानका लागि पहल गरि माछा ब्यबसायलाइ रामेछापकै नमुना बनाउने तिनै जना बस्नेतहरुको योजना छ । अहिले सम्म ५२ लाखभन्दा बढी माछा पोखरी र माछामा लगानी गरिसकेको बाबुराम बताउछन ।

हुन त काम गर्दा हतोत्साहित बनाउने धेरै हुन्छन तर त्यसलाइ वास्ता नगरी अगाडि बढ्नु पर्ने रहेछ हामीले यो लगानीपछी यस्तै पाठ सिक्यौ राजकुमारले बताए ।

प्रती केजी १२ सय रुपैयासम्म पर्ने उक्त माछाको बजार अहिले गाउँमा नै भएको पनि उनिहरुले बताए । “हामीले माछा प्याकिङ्गको लागि अत्याधुनिक मेसिन समेत ल्याएका छौ यसैले बिग्रने कुहिने भन्दा पनि स्टोर गरेर  चाहिएको बेला  माग भएको ठाउमा पुर्‍याउन सकिन्छ ” उनिहरुले बताए ।

माछापोखरी घरबाट अलि टाढा भएतापनी त्यति धेरै समय पनि दिराख्न नपर्ने उनिहरुको अनुभव छ यसैले पनि बाबुराम घर नजिकै हुलाक कार्यलयमा काम गर्ने र गाउको सामाजिक कामहरुमा पनि सकृय भैरहेको बताउछन ।

अर्को ब्यबसायी राजकुमारको भने बाबुरामको भन्दा राजनिती र सामाजिक कार्यमा अलि बढी सक्रियता छ । रामेछाप जिल्लाकै बिध्यार्थी नेता भएको कारणले पनि युवाहरुसग भेटघाटमा अलि  ब्यस्त हुनुपर्ने  राजकुमार बताउछन । उनी गाउकै एक बचत तथा ऋण सहकारी सस्थामा सचिब पनि छन ।

केही समयभित्र आफुहरुले गरेको ट्राउट माछाले नै जिल्ला बाहिरको मागलाइ समेत परिपुर्ती गर्ने र मनग्गे आमदानी लिने तिनै जना बस्नेतहरुको बिस्वास रहेको छ ।

“सबैभन्दा ठुलो कुरा त जेमा पनि इच्छाशक्ति चाहिने रहेछ हामीसग पनि माछापालनसम्बन्धी कुनै ज्ञान थिएन, हामिले अनौपचारिकरुपमा जिरिका माछा ब्यबसायीसग मिल्ने अबसर प्राप्त गर्‍यौ अनि त्यही गएर धेरथोर अध्यन पनि गर्‍यौ । जिरिबाट नै माछासम्बन्धी प्रयाप्त ज्ञान भएका एक जना प्राबिधिकलाइ आफैसग राख्यौ अनि रोजगार पनि दियौ । अहिले उनिबाट हामिले पनि पर्याप्त ज्ञान लिसकेका छौ, अहिलेसम्म हामीले ५२ लाखको लगानी गरिसक्यौ । अझै पोखरीको लम्बाइ चौडाइ बढाएर धेरै माछाका भुराहरु पोखरीमा हाल्ने सोच्दै छौ यो हिसाबले हाम्रो लगानी अझ बढ्नेछ ।” उनिहरुले बताए ।

विशाल बस्नेत

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..