विप्लवको बन्दः कतै स्कुल बसमा आगजनी, कतै बम फेला

काठमाडौ । नेत्रविक्रम चन्द विप्लवको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा छिटफुट घटना भएका छन् । राजधानीको भक्तपुरमा बम फेला परेको छ भने हेटौडामा स्कुल बसमा आगजनी गरिएको छ।

यसैक्रममा भक्तपुरको  सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताउनुभयो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। मंगलबार बिहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो। भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कुल बस पूर्ण रुपमा क्षति पुगेको पालुङ प्रहरीले जनाएको छ।

त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ। राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए। घटनाका कारण केहीबेर राजमार्ग अवरुद्ध भएको थियो। बन्दका कारण मकवानपुरमा सवारी कम चलेका छन्।

भक्तपुरको मध्यपुर ठिमी–१, लोकन्थलीमा बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ। मंगलबार सबेरै लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्प नजिक सर्भिस ट्र्याकमा रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर राखेको पाइएको थियो। खबर पाएसँगै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको हो।

स्थानीयले रातो प्लाष्टिकको झोलामा शंकास्पद वस्तु देखेपछि सुरक्षानियकायलाई खबर गरेका थिए। खबर पाउनेबित्तिकै घटनास्थल पुगेको सेनाको टोलीले बम निस्क्रिय पारेको हो। बम निस्क्रिय पारेपछि उक्त क्षेत्रमा सवारी सञ्चालन सहज भएको छ।

बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सडकमा निजी तथा सार्वजनिक यातायातका साधन गुडिरहेका छन् । कलेज तथा स्कुलहरु भने बन्द छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..