हस्तमैथुन गर्नेले बुझ्नै पर्ने कुरा…

हस्तमैथुनलाई लिएर मानिसहरुमा अनेक भ्रमहरु रहेका छन् । कोहि मानिसहरु यसलाई गलत सम्झिन्छन् । तर विज्ञानले यसलाई गलत मान्दैन । हस्तमैथुन स्वास्थ्यलाई लिएर राम्रो एवं सामान्य मानिन्छ ।

हस्तमैथुनसँग जोडिएका कैयौँ कुरालाई ख्याल गर्नुपर्छ तर त्योभन्दा पहिले ती कुरालाई जान्नु जरुरी छ ।

के हो हस्तमैथुन ?
आफुलाई आनन्द महशुस गर्नको लागि जब मानिस आफ्नो गोप्य अंगलाई छुन्छ तब यसलाई हस्तमैथुन भनिन्छ । मानिसहरु अलग अलग तरिकाले हस्तमैथुन गर्ने गर्छन् ।

हस्तमैथुनको समयमा मानिस आफ्नो दिमागमा ती रमाइला पलहरु’को कल्पना गर्छ एवं त्यसको बारेमा सोच्छ ।

के हस्तमैथुन गलत हो ?
पक्कै होइन । यो आफैलाई रमाइलो महशुस गर्ने एक प्राकृतिक तरिका हो । यसले तपाईलाई स्वर्गीय आनन्द दिन्छ । यसलाई निजी मामिला मानिन्छ । यस कुराको ध्यान होस सार्वजनिक ठाउँहरुमा यस्तो गर्नु गैरकानुनी हो ।

हस्तमैथुन केटा वा केटी दुवैले गर्छन् । केटाहरुमा १७ बर्षपछि यसलाई गर्ने इच्छा बढ्दै जान्छ । यद्यपी केहि युवाहरु यस्तो गर्दैनन् । जबसम्म तपाईलाई हस्तमैथुन गर्ने इच्छा नहोस् यसलाई नगर्नुहोस् ।

के यो स्वास्थ्यको लागि हानिकारक हुन्छ ?
हुँदैन । हस्तमैथुनले तपाईलाई दृष्टिविहिन वा पागल बनाउँदैन । यस्तो गर्नाले तपाईको आँखाको तलपट्टि कालो हुँदैन । न त यसले तपाईको शारीरिक विकास नै रोक्छ ।

वास्तविकता यो हो की यसबाट तपाईको तनाव कम हुन्छ । शरीरमा खुशी हुने हाम्रोनहरु पैदा हुन्छन् । जसले तपाईलाई आनन्द दिन्छ । यसले तपाईलाई सुत्नमा सहयोग गर्छ । साथै तपाईको निजी अंगलाई सक्रिय पनि बनाउँछ ।

यसो गर्नाले तपाईलाई थाहा हुन्छ की तपाईको शरीरलाई के चाहियो, अर्थात तपार्इं आफ्नो हुनेवाला पार्टनरलाई आफ्नो इच्छाहरुको बारेमा बताउन सक्नुहुन्छ ।

यसलाई सुरक्षित सेक्सको बेहत्तर तरीका मानिन्छ ।

के सेक्स टोय ठिक छ ?
केटीहरु हस्तमैथुनको समयमा आफ्नो गुप्ताङगमा केही राख्छन् । यो सेक्स टोय पनि हुन सक्छ । यस्तो गर्नु तबसम्म सुरक्षित हुनछ जबसम्म तपाईलाई कुनै प्रकारको कष्ट नहोस् ।

यो कुराको ख्याल गर्नु जरुरी छ की त्यो वस्तु तपाईले राम्रोसँग समाउनु जरुरी छ ताकी त्यो भित्र नजाओस् । अर्को कुराको पनि ख्याल राख्नुपर्छ की भित्र जाने वस्तु व्याक्टेरियारहित होस् ।

फोहोर चिजहरुको प्रयोग बिल्कुलै गर्नु हुँदैन । यदि तपाईंलाई कुनै प्रकारको शंका भएमा तपाईं उक्त वस्तुमा कण्डमको प्रयोग गर्न सक्नुहुन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..