गर्भनिरोधको नयाँ विकल्प, यसरी बढिरहेछन् इच्छाविपरीत गर्भ रोक्ने महिलाहरु

इच्छाविपरीत गर्भबाट बच्नका लागि गर्भनिरोधक चक्की र कन्डम प्रयोग गर्ने गरिन्छ । यद्यपि महिलाहरु अब गर्भनिरोधसम्बन्धी यो पूरानो तरिका त्यागेर नयाँ तरिकातर्फ अघि बढेका छन्।

इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिसका अनुसार अधिकांश महिलाहरु गर्भनिरोधसम्बन्धी नयाँ विकल्प अपनाइरहेका छन् । सन् २००७ मा जहाँ यस्ता महिलाको संख्या २१ प्रतिशत थियो, त्यही संख्या सन् २०१७ बढेर ३९ प्रतिशत पुगेको छ।

महिलाहरु अब दिनहुँ चक्की सेवन गर्नु र कन्डम प्रयोग गर्नबाट बच्न चाहन्छन् । उनीहरु लामो समयसम्म टिक्ने गर्भनिरोधक तरिका अपनाइरहेका छन्।

गर्भनिरोधको नयाँ तरिका

लामो टिक्ने यो गर्भनिरोधकको विकल्पलाई ‘लङ्ग एक्टिङ्ग रिभरसिबल कन्ट्रसेप्शन’ भन्ने गरिन्छ । यसलाई चक्की जसरी दिनहुँ सेवन गर्नु पर्दैन । एकपटक लगाएपछि लामो समयसम्म असर गर्दछ । यो कयौ तरिकाको हुन्छ, जस्तैः

–काँपर काइल या इन्ट्रायूटरिन डिभाइस (आईयूडी)–यो प्लास्टिक र तामाको उपकरण हाु, जसलाई महिलाको गर्भाशयमा लगाउने गरिन्छ ।

–हर्मोनल काइल या इन्ट्रायूटरिन सिस्टम (आईयूएस)–यो टी आकारको सानो उपकरण हो, जसले एकप्रकारको हर्मोन छोड्दछ, यसलाई पनि गर्भाशयमा लगाउने गरिन्छ ।

–इम्प्लान्ट–यो पनि एकप्रकारको मेडिकल उपकरण हो, जुन महिलाको हातमा फिट गर्ने गरिन्छ ।

–इन्जेक्शन

यद्यपि ४४ प्रतिशत महिला अहिले पनि गर्भनिरोधक चक्कीकै प्रयोग गर्दछन् । तर यो तथ्याङ्क विगत २० वर्षका निकै घटेको छ। त्यसो भए के महिलाहरु नयाँ विकल्पतिर लागेकै हुन् ?

अहिले गर्भनिरोधका कयौ विकल्प छन् र महिलाहरु लामो समयसम्म टिक्ने र हर्मोनरहित विकल्प अपनाइरहेका छन् । डाक्टर भन्छन्–महिलाहरुलाई एकअर्काबाट यी विकल्प प्राप्त भइरहेका छन् । जुन महिलाहरुको अनुभव राम्रो रहन्छ, उनीहरु त्यही आफ्ना साथीहरुलाई पनि विकल्पका रुपमा प्रस्तुत गर्दछन् ।

रोज २५ वर्षकी छन् र उनी स्पेन निवासी हुन् ।स उनी चक्कीको साटो काइलको प्रयोग गर्न लागेकी छन् । उनी भन्छिन्–म गर्भनिरोधको एउटा स्थायी विकल्प चाहन्थेँ, जसका बारेमा मलाई पटकपटक सोच्न नपरोस् ।

यस्तै २७ वर्षीया सारा भन्छिन्–चक्कीका साथमा ड्रामा रहन्छ । कुनै दिन चक्की सेवन गर्न भुलयो भने गर्भ रहने खतरा रहन्छ ।

गर्भनिरोधको यो नयाँ तरिका लोकप्रिय बनिरहेका छन् । डाक्टर यसलाई बढी असरदार पनि मानिरहेका छन् । तर यौन संक्रमणबाट बच्नका लागि कन्डम एक मात्र विकल्प हो।

नयाँ तरिका कति असरदार ?

पर्ल इन्डेक्सले गर्भनिरोधका अलग अलग तरिकाको असर पत्ता लगाएको छ। यदि कुनै गलत तरिकाबाट यसको प्रयोग गरियो भने गर्भधारणको सम्भावना बढ्दछ । पर्ल इन्डेक्सका अनुसारः

–इम्प्लान्ट–२००० मध्ये एक जनामा गर्भधारणको सम्भावना ।

–आईयूएस–५०० मध्ये एक।

–आईयूडी–१०० मध्ये एक

–जबकी चक्की सेवन गर्ने १० महिलामध्ये एक जना महिला गर्भवती हुने सम्भवना रहन्छ ।

चक्की सेवनबाट डिप्रेशनको त्रास

चक्कीलाई लिएर साराको एउटा अर्को चिन्ता थियो । उनलाई लाग्दथ्यो कि लगातार चक्की सेवन गरेका कारण उनीहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। ‘मलाई लाग्यो कि चक्की सेवनका कारण यो सबै भइरहेको छ । मैले आफ्नो डाक्टरलाई सोधेँ तब उनले मलाई भने कि यस्तो हुँदैन ।

विगत वर्षमा चक्कीबाट डिप्रेशन भएका छन् । सन् २०६ मा एउटा अध्ययन गरिएको थियो। यो अध्ययनमा चक्की सेवन गर्ने महिलाहरु र नगर्ने महिलाहरुले भाग लिएका थिए । चक्की सेवन गर्ने अधिकांश महिलाहरुमा डिप्रेशनको. समस्या पाइयो । यद्यपि अध्ययनहरुका अनुसार यसको कुनै ठोस प्रमाण भने पाइएन ।

डाक्टर मेननका अनुसार कयौ महिलाहरु आईयूडी अपनाइरहेका छन् । उनीहरु आफ्नो मानसिक स्वास्थ्यलाई लिएर चिन्तित छन् र हर्मोन फ्री विकल्प चाहन्छन् । यद्यपि फ्यामिली प्लानिङ एसोसिएसनकी मुख्य कार्यकारी अधिकारी नटिका हलिल भन्छिन् कि गर्भनिरोधकका विषयमा अनेक भ्रम छन् । उनी भन्छिन्–विगत २०–३० वर्षमा गर्भनिरोधकको तरिका उत्तम हुँदै गएको छ। त्यसैले यस विषयलाई लिएर मानिस डराउनु जरुरी छैन ।

डाक्टर हलिल भन्छिन्–चक्की सेवन महिलाहरुका लागि लाभदायी हुन सक्दछ । उनीहरुको स्कीन र मुडमा यसको नराम्रो असर पर्दैन । यही लङ्ग एक्टिङ्ग कान्ट्रसेप्शन हरेकका लागि सही विकल्प हुन सक्दैन ।

२६ वर्षीया अलिसियाले लामो समयसम्म चक्की सेवन गरिरहिन् । चक्कीका साथ उनको अनुभव पनि राम्रो रह्यो । तर १० वर्षपछि उनले कम हर्मोनवाला विकल्प खोज्न सुरु गरिन्। यद्यपि हर्मोनल काइल उनको गर्भाशयमा ठिकसँग बसेन । अब उनी यो काइल निकाल्न चाहन्छिन् ।
डाक्टरलाई यो सुझाव दिने गरिन्छ कि उनीहरुले विरामीलाई सबै उपाय बताउन् । डाक्टरका अनुसार चक्कीका लागि परामर्श लिन आएका महिलाहरु विकल्प थाहा पाएपछि नयाँ तरिका अपनाउन रुचाउने गर्दछन् ।

२० वर्षअघि महिलाहरु डाक्टरहरुसँग मात्र चक्की माग गर्दथे । तर अब उनीहरु लामो समयसम्म टिकाउ हुने नयाँ विकल्प चुनिरहेका छन् । यो एउटा ठुलो परिवर्तन हो । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..