गर्लफ्रेण्डसँग मस्ती गरी रहेका युवालाई श्रीमतीले गेष्ट हाउसमा रंगे हात समाते पछि…..

श्रीमतीसँग झुट बोलेर गर्लफ्रेण्डसँग मस्ती गर्न गएका युवक गेष्ट हाउटबाट रंगेहात समातिएका छन् । ती युवकले आइतबार आफ्नी श्रीमतीलाई आफू सिंगापुर जाँदैछु भनेर गएका थिए । दिल्लीको घरबाट निस्केका उनी सिधा नोएडामा गर्लफ्रेण्डसँग एक गेष्ट हाउसमा गएका थिए । ती युवक व्यापारिक पानीजहाजका कर्मचारी हुन् । जहाजमा उनी देशविदेश घुमिरहने भएकोले उनी विदेश जाने कुरा सामान्य थियो ।

ती युवकले गर्लफ्रेण्डलाई आफू अविवाहित भएको बताएका थिए । तर गर्लफ्रेण्डलाई उनको यो कुरामा शंका लागेको थियो । गर्लफ्रेण्डले पछि युवकको जासुसी गराउँदा उनी विवाहित भएको थाहा पाइन् । त्यसपछि उनले युवकलाई पाठ पढाउने सोच बनाइन् र उनकी श्रीमतीलाई यसबारे सबै कुरा बताइन् । उनले आफूहरु कुन गेष्ट हाउसमा गएको भन्नेबारे सबै जानकारी उनकी पत्नीलाई दिएकी थिइन् । त्यसपछि उनकी पत्नीले पुलिस नै लिएर गइ उनलाई गेष्ट हाउसबाट रंगेहात समातिन् ।

युवकले पत्नी र गर्लफ्रेण्डसँग माफी मागेकोले कुनै लिखित उजुरी दर्ता गराइएको छैन । ती युवकको गर्लफ्रेण्डसँग १ वर्षअघि भेट भएको थियो । त्यसपछि उनीहरुबीच सम्बन्ध सुरु भयो । युवक ती युवतीसँग होटल र गेष्ट हाउसमा भेट्न थाले । युवतीका अनुसार उनले जति बेला पनि बिहेको कुरा गर्दा युवकले बहाना बनाउँदै कुरा अन्तै मोड्थे । त्यसपछि उनलाई शंका भएर जासुसी गराउँदा उनी विवाहित भएको र पत्नीसँग विदेश जाने बहाना बनाएर आफूलाई भेट्न आउने गरेको थाहा पाइन् । ती युवतीले युवकमाथि बिहेको आश्वासन दिएर बलात्कार गरेको आरोप गाएकी थिइन् । तर पछि युवकले माफी मागेपछि उनीहरुले आपसमा सम्झौता गरेका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..