फोहर सम्झेर डस्टबिनमा फालिदिए १९ लाख, त्यसपछि जे भयो त्यो झन् विश्वास लाग्दैन

चीनमा एक व्यक्तिले फोहर सम्झेर १९ लाख रुपैयाँ डस्टबिनमा फालिदिए । जब उनी पैसा जम्मा गर्न बैंक पुगे त्यसपछि बल्ल उनले थाहा पाए कि उनले पैसालाई फोहर सम्झेर फालिसकेका छन् । घटना चीनको लियाओनिंग प्रान्तको हो । वांग नामका एक व्यक्ति घरबाट दुई थैला लिएर निस्किएका थिए । एक थैलामा घरको फोहर थियो र अर्को थैलामा १ लाख २४ युआन (लगभग १९ लाख नेपाली रुपैयाँ) थियो । गल्तीले उनको फोहरको डस्टबिनमा पैसा भएको थैलो फालिदिए ।

जब उनी पैसा जम्मा गर्न बैंक पुगे त्यसपछि थैलामा हेर्दा उनको होस उड्यो । उनी दौडेर डस्टबिनमा पुगे । त्यहाँ वांगले पैसा खोज्ने धेरै कोसिस गरे तर पैसा भेटिएन । उनी तत्कालै प्रहरीमा गए र त्यहाँ गुनासो दर्ता गराए । प्रहरीले त्हाँको सिसिटिभी फुटेज जाँच गर्यो तर फुटेज प्रस्ट नभएका कारण केही पनि थाहा हुन सकेन् । त्यसपछि प्रहरीले त्यहाँ आसपासका मानिसहरुसँग सोधपुछ थाल्यो । सोधपुछमा एक महिला अगाडि आइन् । उनले पुलिसलाई पैसाले भरिएको थैलो दिइन् । महिलाले पुलिसलाई भनिन् कि यो थैलो भेटेपछि उनी आरामले सुत्न पनि सकिनन् । उनले सोच्न पनि सकिरहेकी थिइनन् कि यो पैसाको के गर्ने । महिलाको इमानदारी देखेर वांग निकै खुसी भए । उनले महिलालाई २ हजार युआन इनाम लिए ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..