उनी अस्वीकार गर्दै थिइन्, तर साथीले उनीमाथि गरे यस्तो काण्ड (भिडियो)

एजेन्सी। सामाजिक संजालमा एउटा भिडियोले यतिबेला सबैको ध्यान आफूतर्फ केन्द्रित गरेको छ। कहिले काँही आफ्नो नजिकको मान्छेको डर भगाउनलाई जर्बजस्ती उसलाई नदीमा धकेल्ने पनि गरिन्छ। कहिलेकाँही डराउने मानिसलाई डेयरिङ गर्न बाध्य पारिन्छ वा कहिले उसलाई मृत्युको मुखमा समेत पुर्यान्छ। तपाइँले यस्ता कयौं भिडियो देख्नु भएको होला जसमा धेरै उचाइ भएको ठाउँबाट उसलाई नदी, पोखरी वा तालमा धकेलिन्छ।

आज हामी तपाइँलाई यस्तै किसिमको होश उठाउने भिडियो देखाउन गइरहेका छौं। जुन अमेरिकाको वाशिंटनको वेनकुवरको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एक साथीले आफ्नी गर्लफ्रेण्डलाई ६० फिटको उचाइको पुलबाट धक्का दिएर पानीमा झारिदिएका छन्। जसका कारण युवतीको ५ वटा हड्डी भाँचिएका छन भने उनको मुटुमा पनि गम्भीर चोट लागेको छ। दश सेकेण्डको यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।  जर्डन हलगरसन नामकी युवती आफ्नो साथीसँग लेविस रिभर घुम्न गएकी थिइन्।

यही नदीको एउटा पुलमाथिबाट जार्डनको एक साथीले मजाक मजाकमा उनलाई धक्का दिए जसका कारण जर्डनको ज्यान खतरामा पर्यो। जर्डनले आफूमाथि भएको घटना यसरी सुनाइन्, ‘म तयारी थिइन। तर सबै साथीले मलाइ दबाब दिन थाले। मैले उनीहरुलाई म तयार छैन भनेर सुनाएँ पनि। त्यतिनै बेला मेरा एक जना साथीले मलाइ धक्का दिए। अहिले मेरो अवस्था यस्तो छ।’

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..