भाडामा बस्नेलाई विना कारण हटाउन नपाइने, हटाए तीन महिना भाडामा लगाउन नपाइने

काठमाडौ । घरधनीले विनाकारण बहालवालालाई हटाउन नपाउने भएका छन्। भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ ले यस्तो व्यवस्था गरेको हो ।धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै भाडा रकम बढाएर अर्कोलाई दिने गर्दछन् ।

अब त्यस्ता घरधनीमाथि मुलुकी ऐनले यस्तो अंकुश लगाउने व्यवस्था गरेको छ । ऐनमा घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ।

ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ।
बहालमा दिएको घर वा कोठाको कानुनबमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनुपर्ने दायित्व घरधनीको हुने ऐनमा उल्लेख छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..