गैरआवासीय नेपालीलाई राहदानी दिने विषयमा सरकारले केही सोचेको छैनः परराष्ट्र

एनआरएनए

काठमाडौ । सरकारले गैरआवासीय नेपालीलाई राहदानी दिनेबारे सरकारले कुनै सोच नबनाएको बताएको छ ।

राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गैरआवासीय नेपालीलाई राहदानी दिनेबारे सरकारले कुनै सोच नबनाएको र यसबारे कुनै छलफल पनि नभएको बताउनुभएको हो ।

विधेयकले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकको नागरिरकता पाउने सुनिश्चितता गरेको छ । नागरिकता दिएपछि राहदानी के गर्ने भन्ने बहस सुरु भएकाले पहिला नागरिकता ऐन पास भएपछि मात्र छलफल गर्ने उहाँले बताउनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..