निर्वाचन सकिएलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने दावी

काठमाडौ । कानुनवीद्हरुले निर्वाचन सकिएलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने दावी गरेका छन ।

नयाँ सरकार गठन प्रक्रिया अघि बढन नसकिरहेका बेला कानुनवीद्हरुले संविधानको धाराको व्याख्या गरेर नयाँ सरकार गठन प्रक्रिया रोक्न नमिल्ने तर्क गरेका हुन । संवैधानिक तथा न्यायिक पत्रकार मंचले विहिबार काठमाडांैमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया रोक्न नमिल्ने दावी गर्नु भयो ।

उहाँले संविधानको धाराको व्याख्या गरेर निर्वाचित जनप्रतिनिधिलाई सरकार हस्तान्तरण गर्न रोक्ने काम संसारमा कहीँ पनि नभएको स्मरण समेत गराउनु भयो । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष समेत रहनु भएका थापाले निर्वाचन सकिएकाले जनताको म्यान्डेट अनुसार सरकार गठन गर्न मार्ग प्रशष्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराउनु भयो ।

कार्यक्रमका बोल्दै पूर्वमहान्यायाधिवक्ता हरि फुयाँलले पनि निर्वाचन लगत्तै प्रतिनिधिसभाको कार्यकाल सुरु भइसकेको उल्लेख गर्दै सरकार गठन प्रक्रिया अघि बढाउन संवैधानिक अडचन नरहेको दावी गर्नु भयो ।

उहाँले निर्वाचन आयोगले महिलाको ३३ प्रतिशत पु¥याउनुपर्ने संवैधानिक बाध्यताका कारण देखाउँदै प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक नगरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो । संवैधानिक व्यवस्था अनुसार समानुपातिकतर्फको सिट संख्या बाँडफाँडको लिष्ट तयार पारेपछि निर्वाचन आयोगले सोही विवरण राष्ट्रपतिलाई बुझाउन मिल्ने व्यवस्था संविधानको धारा ६२ रहेको पनि पूर्व महान्यायाधिवक्ता फुयाँलको दावी छ ।

पूर्व महान्यायाधिवक्ता फुयाँलले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न केही अडचन भए दलीय सहमति खोज्न सक्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराउनु भयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..