रुसको नयाँ जासुसी जहाजबाट सबैतिर आतंक, यस्तो छ विशेषता

सैन्य शक्तिमा अमेरिका र चीनलाई कडा चुनौति दिने रुस आफ्नो आधुनिक हतियार र शत्रुको निगरानी गर्ने शक्तिशाली उपग्रहहरुका लागि परिचित छ। रुसको सैन्य बलमा अब एउटा अर्को जासुसी जहाज थपिएको छ, जसको नाम रुसको एउटा स्याटेलाइट कार्यक्रम यनतार राखिएको छ।

रुसी नौसेनासँग जासुसी जहाज यसअघिबाटै छ, तर यनतार सबैभन्दा अलग र शक्तिशाली छ । रिपोटबाट चल्ने अन्डरवाटर व्हीकलको श्रेणीमा पर्ने यनतारलाई जहाँकहिँबाट संचालन गर्न सकिनेछ । गत महिना बेलायती सेनाले एउटा चेतावनी जारी गरेको थियो कि ‘यनतारको माध्यमबाट रुसले संचारलाई रोक्ने वा त्यसमा अवरोध सिर्जना क्षमता हासिल गरेको छ, किनभने उसले समुद्रमा रहेको तार काट्न सक्दछ ।

युके डिफेन्स स्टाफका प्रमुख एयरचीफ मार्सल सर स्टुअर्ट पीचका अनुसार ‘इन्टरनेट र बाँकी संचार तारमा यस्तो आक्रमणले प्रलय ल्याउनवाला छ। नाटोले समुद्रको सतहमा सेनाको कामका लागि तार बिछ्याएको छ यसका साथै धरती सबैतिरबाट फाइबर अप्टिक तारले घेरिएको छ।

लण्डनमा रहेका रुसी सेनासम्बन्धी जानकार इगोर सुचैगेनका अनुसार ‘रुससँग यो तारसँग छेडछाड गर्ने क्षमता छ, यद्यपि यसको कुनै ठोस प्रमाण भने छैन, जुन बताउन सकियोस् कि रुसले कहिल्यै यसो गरेको छ। बीबीसीसँग कुरा गर्दै इगोरले भने–अप्टिकल फाइबर केबल थोरै जटिल छ, त्यसमा छिरेर छेडछाड गर्न मुस्किल छ, त्यसैले त्यसलाई काट्नु सजिलो तरिका हो ।

इगोरका अनुसार‘सन् १९७० मा शीतयुद्धका क्रममा अमेरिकी सेनालाई अटलान्टिक समुद्रभित्र रहेको पोस्टबाट जानकारी प्राप्त हुन बन्द भयो । यो आवाजको माध्यमबाट हुने संचारमा निगरानी राख्थ्यो । अमेरिकी नौसेनाका अनुसार ‘यस्तो यसकारण भयो, किनभने एक सोभियत पनडुब्बीले तार काटिदिएको थियो ।’

रुसको संसदीय रिपोर्टका अनुसार ‘यनतारले आफ्नो पनडुब्बीमा लुकेर यस्ता धेरै काम गर्न सक्दछ ।’ गत वर्ष अक्टोबरमा प्रकाशित संसदीय गजेटमा उल्लेख गरिएको छ कि ‘यनतारसँग समुद्रको गहिराइसम्म पुगेर निगरानी गर्ने साधन छ । यसका साथै यस्ता यन्त्र पनि छन् जसलाई टप सिक्रेट संचार केबलमा जोडन सकिन्छ ।

सन् २०१५ मा काम सुरु गरेको यनतार ३५४ फिट लामो जहाज हो । जसमा एकपटकमा ६० जना मानिस बस्न सक्दछन् । बाल्टिक पोर्टमा बनाइएको यनतार परियोजना २२०१० को हिस्सा हो, जसमा चाँडै नै अल्माज नामको एउटा अर्को जहाज समावेश गरिनेछ । रुससँग जसुसी जहाज पहिलाबाटै छ । गत वर्ष अप्रिलमा रुसको एउटा जासुसी जहाज टर्कीमा भएको एउटा घटनामा डुबेको थियो । यनतारसँग रुस र कन्सोल नामको दुई पनडुब्बी छ, जसमा तीन जना बस्न सक्दछन् । यो पनडुब्बी समुद्रको २० हजार फिट गहिराईसम्म जान सक्दछ।

रुसको संसदीय रिपोर्टमा भनिएको छ कि ‘२०१५ को गर्मीमा यनतारलाई अमेरिकाको जर्जिया नेबल बेसमा तैनाथ गरिएको थियो ।’ रिपोर्टका अनुसार पेन्टागनका अधिकारीहरुको विश्वास छ कि ‘रुस यनतारको माध्यमबाट अमेरिकी सबमरिन र समुद्री सेन्सरको बारेमा जानकारी जुटाइरहेको थियो ।’

नेबल–टेक्नोलजी वेभसाइटमा प्रकाशित रिपोर्टलाई मान्ने हो भने त ‘जर्जियाको किंग्स बे नेवल बेसमा ६ ब्यालेस्टिक मिसाइल सबमरिन राखिएको छ, जसमध्ये हरेकमा २४ वटा परमाणु मिसाइल समावेश छ। इगोरका अनुसार ‘किंग्स बेमा रहेको समुद्री सेन्सर रुसी सेनाका लागि निकै रोचक हुन सक्दछ । हुन सक्छ कि रुस अमेरिकी प्रविधि नक्क्ल गर्न चाहन्छ ।

वाशिंगटन टाइम्सले पनि यनतारको तार काट्न सक्ने क्षमताप्रति चिन्ता व्यक्त गरेको थियो । सन् २०१६ मा यनतार सिरियाई तटको वरपर घुमिरहेको देखिएको थियो ।यसको तार युरोपसँग जोडिएको छ । कोवर्ट शोर्स नामको एउटा वेभसाइटले यनतारको विचित्रको गतिविधि पत्ता लगाएको छ । उसको रिपोर्टमा भनिएको छ‘यनतारको केबलको बाटोमा विभिन्न स्थान रोकिएको देखिएको छ, सबमरिन समुद्री सतहमा विछ्याइएको तारको छानविन गरिरहेको छ। ’

यनतार यतिबेला अर्जेन्टिनाको एउटा हराएको सबमरिन खोज्न सहयोग गरिरहेको छ। अर्जेन्टिनाको यो सबमरिन गत वर्ष १५ नोभेम्बरमा बेपत्ता भएको थियो । यसमा रहेका ४४ जनाका बारेमा पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । यनतारलाई यसअघि पनि खोजी र बचाउ कार्यमा प्रयोग गरिएको छ। रुसको संसदीय रिपोर्टका अनुसार ‘यनतारले सन् २०१६ मा सिरियाई युद्धका क्रममा मेडिटेरेनियम समुद्रमा दुर्घटना भएको दुई वटा रुसी फाइटर जेट खोज्न किस्केको थियो । रिपोर्टमा भनिएको छ‘यनतारका कारणबाट दुवै फाइटर जेटको केही गुप्त यन्त्र बचाउन सम्भव भएको छ। बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..