बालिका बलात्कार गरेर फरार रहेका प्राविधिक सहायक शम्भु यादव पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज रौतहटका एक प्राविधिक सहायक सचिवलाई पक्राउ गरेको छ ।

रौतहटको साबिक औरैया गाविस हाल इशनाथ नगरपालिकाको वडा नं ३ निवासी अन्दाजी ४५ बर्षीय प्राबिधिक सहायक सचिव शम्भु यादवले हाल ईशनाथ नगरपालिका कार्यालयमा कार्यरत रहेका छन ।

प्राविधिक सहायक शम्भु यादवले १४ बर्षीय नाबालिक युवतीको बलात्कार गरि फरार रहेको आरोपमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं। ८ बाट बाटोमा हिडडुल गरिएको अवस्थामा पक्राउ परेका छन् ।

सो ईशनाथ नगरपालिकाका १४ वर्षीय बालिकालाई  बलजवर्दस्ती करनी गरी केही दिन देखि फरार रहेका प्राविधिक सहायक यादव लाई प्रहरीले अनुसंन्धानको लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पीडित नावालिका तथा पीडितकी आमाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता गरेकी थिईन । पक्राउ परेका यादवलाई रौतहट प्रहरीलाई जिम्मा लगाउनु कुरा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी तथा प्रवक्ता राजन लिम्बुले जानकारी गराएका छन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..