एसपी डिल्लीराज विष्ट निलम्वित, सकारले गर्यो यस्तो निर्णय

एसपी डिल्लीराज विष्ट निलम्वित, सकारले गर्यो यस्तो निर्णय 1

काठमाडौं । कञ्चनपुर घटनालाई लिएर व्यापक आलोचना भएपछि अन्तत सरकारले प्रहरी नायब उपरिक्षक डिल्लीराज विष्टलाई  निलम्वित गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ ।यसैगरि प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेठी र प्रहरी उपरिक्षक एकेन्द्र खड्कालाई मुख्यालय तानेको छ ।

१३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।

आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । तर, नयाँ नेतृत्व पुगेकै दिन एक बालकको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..