दाङमा यसरी लाग्यो–‘राजा आऊ देश बचाउ’को नारा

दाङ । केही दिन पश्चिम नेपालको भ्रमणमा आउनु भएका पूर्वराजा ज्ञानेन्द शाहले शुक्रवार दाङका २ वटा मन्दिरमा पुगी पुजापाठ गरेका छन् ।

शाहले घोराहीको चौघेरामा रहेको गोरक्ष रतननाथ मन्दिर र घोराही कै अम्बापुरको अम्बिकेश्वरी मन्दिरमा पुगेर शाहले पुजापाठ गरेका हुन् । पूर्वराजा शाह दाङ आउदा यहाँको सुरक्षा ब्यवस्था कडा पारिएको थियो । दाङमा शाह आउदाँ विभिन्न ठाउँहरुमा उनका समर्थकहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए ।

नेपालगञ्जबाट दाङ आउने क्रममा अमिलिया, लमही लगाएतका विभिन्न स्थानमा राजासमर्थकले राजाआउ देश बचाउ भन्ने नारा समेत लगाएको प्रचार प्रसार समिति दाङका संयोज पुर्णचन्द धितालले बताए । राजा मन्दिरको पुजा गरेपछि पूर्वराज शाहले आफ्ना शुभेच्छुक तथा समर्थकहरुलाई घोराही स्थित डोको होटलमा भेट गरेका थिए । उनलाई स्वागत गर्न दाङका अमिलीया, लमही , मन्दिर र होटल सम्म समर्थकहरु पुगेका थिए ।

पूर्वराजाले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन । आफु दाङमा आउँदा खुसी लागेको मात्र प्रतिक्रिया दिए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..