अब सबै प्रदेशमा माटो परीक्षण भ्यान दिइने

काठमाडौ । कृषि विभागले सबै प्रदेशमा माटो परीक्षणको लागि घुम्ती माटो जाँच प्रयोगशाला भ्यान वितरण गर्ने भएको छ ।

किसानलाई माटो परीक्षण गरी बाली लगाउन सहयोग गर्ने उद्देश्यले सातै प्रदेशमा माटो परीक्षण भ्यान वितरण गर्न लागिएको विभागले जनाएको छ । यातायातका सुविधा पुगेका ठाउँमा माटो परीक्षण गर्न चाहने किसानले माटो परीक्षण शिविरको माग गरेमा भ्यान सँगै माटो प्राविधिक जाने र माटो परीक्षण गरिने विभागले जनाएको छ ।

माटो विज्ञ नरहरी प्रसाद घिमिरेले माटो परीक्षण गरी अन्नबाली, तरकारी लगाएमा उत्पादनमा वृद्धि, माटोमा लगाउनु पर्ने बाली, माटोमा आवश्यक तत्वहरुको बारेमा पनि थाहा पाउँने भएकाले माटो परीक्षण गरेर बाली लगाउनु आवश्यक रहेको जानकारी दिनुभयो ।

अहिले सातै वटा प्रदेशमा रहेका माटो परीक्षण केन्द्रमा गई माटो परीक्षण गर्ने व्यवस्था रहेको उहाँले जानकारी पनि दिनुभयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..