तीन रुवाइहरु

एक दिन एउटी बूढी आइमाईले टाढा बस्ने आफ्नो छोराको चिठी पाई । आफू पढ्न सक्दिनथी, त्यसैले कसैलाई पढाउन ऊ घरको अगाडि कोही आउँछ कि भनेर कुरिरही ।

तुरुन्तै एक योद्धा आयो । उसले चिठी पढेपछि आफ्नो आँखाभरि आँसु लियो र ह्वाँ….ह्वाँ रुन थाल्यो ।

बूढी आइमाईलाई चोट प-यो,

सोधिन्, ‘के भयो मेरो छोरालाई ?’

तर त्यो योद्धा अरु बढी रोयो ।

बिचरी बूढी आइमाईले छोरोसँग केही डरलाग्दो घटना घट्यो होला भन्ने ठानेर ऊ पनि रुन थाली ।

एकैछिनपछि एउटा फेरीवाला आइपुग्यो । दुई जना त्यसरी रोइरहेका देखेर ऊ पनि एकातिर बस्यो र उनीहरुको रुवाइमा सामेल भयो ।
एक जना मान्छे त्यतातिर आउँदा तीनै जना रोएको देखेर उसले के भएको भनेर सोध्यो ।

फेरीवालाले पहिले जवाफ दियो, ‘एक वर्षअघि म केही माटाका भाँडा बेच्न हिडेको थिएँ, कुसाइतमा परेछ क्यार महंगा सामानहरु सबै फुटे । त्यतिखेर रुन लाग्दा स्थगित गरेको थिएँ । अचेल म त्यो घाटालाई पूरा गर्न ज्यादा परिश्रम गरिरहेको छु । यहाँ यी दूई जनालाई रोइरहेको देखेर अचानक मैले आफू अझै नरोएको कुरा सम्झेँ, त्यसै कारण अहिले रुने निर्णय गरेँ र रोएँ ।’

त्यो बुढी आइमाइले भनी, ‘मैले छोराको चिठी पाएँ । योद्धालाई पढ्न लगाउँदा पढेर उहाँ रुनुभयो । अवश्य पनि नराम्रो खबर होला भनेर म पनि रोएँ ।

अन्त्यमा त्यो योद्धाले आफ्नो मुख खोल्यो, ‘साँचो भनू रु मैले आफ्नो तरुण अवस्थामा ज्यादै थोरै पढेँ, जसले गर्दा मैले यो चिठी पढ्न सकिनन् । यति लाज लाग्यो मलाई कि म रोइदिएँ । जापानी कथा

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..