स्वेताका लागि दयाहाङले ‘जिउ दाउमा लाउने’

नायिका स्वेताको फिल्म ‘कान्छी’को दोस्रो गीत सार्वजनिक भएको छ ।जिउ दाउमा लाउने बोलको गीतमा दयाहाङ राई र स्वेताको लगायतको अभिनय देख्न सकिन्छ ।पहिलो गीत ‘चरी चट्ट परी’को लोकप्रियतासंगै फिल्म निर्माण युनिटले दोस्रो गीन सार्वजनिक गरेको हो । दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको गीतमा अर्जुन पोख्रेलको संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् ।

फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का , दयाहाङ राई,अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । यस चलचित्रलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।उक्त गित श्वेता आफैले निर्माण गरेकी छिन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..