रबिलाई मात्रै बहु बिबाहको आलोचना किन ?

नेरुता मोक्तान तामाङ ।रबिलाई मात्रै बहु बिबाहको आलोचना किन ? यी राष्ट्रिय पार्टीका राष्ट्रवादी नेता लाई चाहिँ दर्जनौं बिहे गर्ने छुट छ हो ? यिनिहरु आफै कानुन बनाएर आफैं कानुन मिच्छन भने हामीले मात्रै किन पालना गर्ने ? अन्य देशमा कि common law मात्रै छन् कित civil law मात्रै छन् तर नेपालमा दुबै छन् यो भनेको घुसपैठमा अपराधीले पनि उन्मुक्ति पाउछन् भने घुसपैठमै निर्दोष पनि अपराधी ठहरिन्छ । नेपालको कानुन भनेको ओकिल र न्यायाधीशको बिजनेस हो यी दुइको सम्बन्ध नङ्ग र मासुको जस्तो हुन्छ । कानुन नै दोधारे कानुन भएको देशको हामी नागरिकले कानुनको पाठ सिकाउनु बेकार छ । त्यसपछि जुन व्यक्तिको जीबनिले समाजलाई असर गर्दैनन् भने त्यो संग सरोकार राख्नु बेकार हो । कसैले कसैलाई मानसिक यातना नदियोस उनिहरुको पारिवारिक जीवन सफल र खुसी रहोस बिहे जत्तिसुकै वटा गरोस् त्यो हाम्रो चासोको बिषय होइन । भविस्यमा मेरा श्रीमान म संग खुसी हुन सकेनन् भने जबर्जस्ती मै संग जीवन बिताउनुपर्छ भनी प्रेसर दिनेवालामा छुइन सहमति मै अर्कि ल्याउन अनुमति दिनेछु । दुईदिनको जीवन सबै स्वतन्त्र छन् कसैको इच्छा आकांक्षा लाई दवावमा राख्नुपनी पाप नै हो । हामीले बिरोध गर्ने भनेको जब जेठिलाइ पाखा र कान्छिलाइ काख गर्यो भने त्यस्को प्रतिकार गर्नुपर्छ नत्र मिलेर बसेका परिवारलाइ यसरी सामाजिक संजालमा बिरोध जनाउनु कुनै बहादुरीपन ठहरिने छैन ।।भिडियो हेर्नुस:

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..