रेलको झ्यालबाट किस यसरी अचानक इन्टरनेटमा भाइरल

रेलका झ्यालबाट आधी बाहिर निस्किएकी प्रेमिका र रेल बाहिर चुम्बन गर्दै उभिएको उनको प्रेम। छेउकै दुई वटा झ्यालबाट हेरिरहेका अन्य यात्री।

केही यस्तै देखिन्छ महेश भट्टको नयाँ फिल्म ‘जलेबी’ को पोस्टर। महेश भट्टले ट्विटमार्फत यो विषयमा जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘परिवर्तन भइरहेको यो विश्वमा जहाँ पुरानो कथा सकिएपछि त्यसका ठाउँमा नयाँ कहानीले लिन्छ। हामी प्रस्तुत गर्दैछौं सधैं जिवित रहेने एक प्रेम कहानी। यो हो जलेबीको पोस्टर।’

पोस्टर सार्वजनिक हुने वित्तिकै सामाजिक संजालमा भाइरल भएको छ। केहीले यो पोस्टरप्रति आपत्ति जनाएका छन् भने केहीले यसमाथि चुटकिला बनाइरहेका छन्।

विरोध गर्नेले के आरोप लगाएका छन् भने यो फिल्मको पोस्टर  १९५० को कोरियाली युद्धको ऐतिहासिक तस्वीरको नक्कल गरेको छ।
कोरियाली युद्धको तस्वीरमा एक अमेरिकी सैनिक रेलको झ्यालमा झुण्डिएर बाहिर उभिएकी आफ्नी श्रीमतीलाई चुम्बन गर्दै थिए। यसलाई कोरियन वार गुडबाई नामले पनि चिनिन्छ।  उक्त तस्वीर लस एन्जिलस टाइम्सका फोटोग्राफर फ्रैक ब्राउनले खिचेका थिए।

यसबाहेक ट्विटर र फेसबुकमा यो पोस्टरलाई जीवनको अलग अलग परिस्थितिसँग तुलना गरेरे हेरिएको छ। यो फिल्ममा रिया चक्रवर्ती र वरुण मित्राले अभिनय गरेका छन्। वरुण मित्रा यो फिल्मबाट आफ्नो फिल्मी करियाको सुरुवात गर्न गइरहेका छन्। यो फिल्म १२ अक्टुबरमा रिलीज हुँदैछ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..