शाकाहारीको भन्दा मांशहारीको यौन जीवन सफल, कारण यस्ता छन्

भेज खानेहरु भलै स्वस्थ रहेको दावी गरुन् तर एउटा सर्भेका अनुसार मासु खानेहरुको यौन जीवन भने उत्तम हुने गर्दछ । मासु खाने मानिसहरुले बताएअनुसार उनीहरु हप्तामा कम्पनीमा पनि एक पटक यौन सम्पर्क अवश्य गर्दछन् ।

यद्यपि यो सर्भे एउटा मासु बेच्ने कम्पनीले गराएको हो । यो सर्भेमा बेलायतका २ हजार जना सहभागी भएका थिए । सर्बेमा मात्र १६ प्रतिशत भेज खानहरुले हप्तामा कम्तीमा पनि एक पटक यौन सम्पर्क गरेको बताए।, जबकि मासु खानेहरु ४२ प्रतिशतले यसो भने ।

४२ प्रतिशत सहभागीले आफूहरुले सातामा एकपटक मासु खाने गरेको र आफ्नो यौन जीवन उत्तम रहेको बताए । GourmetMeatClub नामको वेभसाइटले यो सर्भे गरेको हो । केही भेजिटेरियन सहभागीले सर्भेमा आशंका गरे कि उनीहरुको यौन जीवन अरुको भन्दा कम छ, यो सत्य होइन, मासु खाने एक जना व्यक्तिले भने कि उनी दिनहुँ मासु खान्छन्, अब उनी यो कहिल्यै छोड्न चाहँदैनन् ।

केही महिनाअघि गरिएको सर्बेबाट सार्वजनिक भएको थियो कि धेरै महिला पुरुषभन्दा बढी शारीरिक सम्पर्कको अपेक्षा राख्दछन् । यो त्यो परम्परागत धारणाविरुद्ध थियो जसमा भनिन्छकि पुरुष अधिक यौन सम्पर्कको अपेक्षा गर्दछन् । सर्बेमा २४ सय बेलायती नागरिकले भाग लिएका थिए, जसको उमेर १८ भन्दा माथि थियो । उनीहरु सबै यस्ता थिए जो लन्गटर्म रिलेशनसीपमा रहेका थिए ।

यदि जोडीहरुबीच हुने बहसको कुरा गर्ने हो भने २५ प्रतिशत वित्तीय कुरालाई लिएर, २१ प्रतिशत यौनका विषयमा बहस हुने गर्दछ । पाँचमध्ये तीन महिलाले यो पनि स्वीकार गरे कि उनीहरु जति सेक्स गरिरहेका छन्, उनीहरु त्योभन्दा बढी चाहन्छन् । २१ प्रतिशत बेलायती जोडीबीच सधैं यो कुरालाई लिएर झडगा हुने गर्दछ कि उनीहरु पर्याप्त सेक्स गरिरहेका छैनन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..