श्रीमती र दिदी एकै पटक गर्भवती भए, वास्तविकता थाहा पाएपछि…

अमेरिकाको ओहियोमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँ बस्ने दुई दिदी बहिनी एकसाथ गर्भवती भएका छन्। त्यतिमात्रै होइन यी दुवै जनाले एकै दिन बच्चालाई जन्म दिए भने दुवैले जुम्ल्याहा बच्चा जनएका छन्।

सो सबै घटनाक्रममा पछि एक खास कारण रहेको बताइएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अगल अगल कोखबाट पैदा भएका यी दुई जुम्ल्याहा बच्चा क्वाडरपेलेट्स (एकै पटक जन्मिने चार बच्चा) थिए। अगल अगल कोखबाट पैदा भएका यी चार बच्चा एकै जोडीका भ्रुण थिए। जसलाई दुई अगल अगल कोखमा एकैसाथ राखिएको थियो।

एनी जोनसन र उनकी पत्नी जबी धेरै कोशिश गर्दा पनि बच्चा पाउन सफल भएका थिएनन्। बच्चालाई लिएर आफ्नी बहिनीको चिन्तालाई देखेर दिदी क्रिसीले एक नयाँ उपाय निकालिन्। जुन उपायमार्फत उनकी बहिनी आमा बन्न सक्थिन्। क्रिसीले आफ्नी बहिनीकालागि सेरोगेट आमा बन्न चाहेकी थिइन्। क्रिसीको यो उपाय सबैलाई मन पर्यो र सबै यसकालागि तयार भए।

एनीलाई सन्तान सुख दिनकालागि डाक्टरले सबैभन्दा पहिला एनीका एग्स संकलन गरे अनि जाबीको स्पर्मसँग फर्टिलाइज गरे। त्यसपछि दुइ भ्रणलाई एनीकी दिदी क्रिसीमा विकासित गर्न ट्रान्सफर गरिदिए। एनी र क्रिसीको महिनावारी पनि सँगै भएको थियो। त्यही भएर डाक्टरले एनीलाई अन्तिम पटक कोशिश गर्ने सल्लाह दिए। जसलाई उनले स्वीकार गरिन्।

एनीले उक्त प्रस्ताव स्वीकार गरेपछि ती भ्रुणलाई बिकसित गर्न इम्प्लान्ट गरियो। एम्ब्राय इम्प्लान्टेशनको प्रक्रिया पूरा भएपछि एक यस्तो चमत्कार भयो जसमा विश्वास गर्न निकै मुस्किल हुन्छ। दुवै दिदी बहिनी एकैसाथ गर्भवती भए। एनले पनि गर्भवती हुन अन्तिम पटक कोशिश गरेकी थिइन्। उनलाई भाग्यले पनि साथ दियो र उनको आमा बन्ने वर्षौंदेखिको इच्छा पूरा भएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..