
सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई पक्राउ गर्न आदेश गरेको छ।न्यायाधीश डम्बर बहादुर शाहीको इजलासले उनलाई पक्राउ गरेर मंगलबार अदालतमा दाखिल गर्न आदेश जारी गरेको प्रवक्ता नारायण पन्थीले बताए।डाक्डर केसी प्रधानन्यायाधीशको बर्खास्तगी माग गर्दै आज देखि अनसन बसेका थिए।
प्रधानन्यायाधीशले माफियाको पक्षमा फैसला गरेको आरोप लगाउँदै अबको आन्दोलन उनै विरुद्ध हुने भनेर केसीले विज्ञप्ती निकालेका थिए।उक्त विज्ञप्तिले अदालतको अपहेलना गरेको भनेर सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदन माथि आदेश गर्दै सर्वोच्चले गोविन्द केसीलाई पक्राउ गरि अदालतमा दाखिल गर्न गृहमन्त्रालयलाई भनेको छ।-Setopati