साउदी रङ्गशाला महिलाका लागि पनि खुल्ला हुने

रियाद । साउदी अरबको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ । फुटबल प्रतियोगिता हेर्नकालागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ । “साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिश्पर्धा हुन लागेको छ,” सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । महिलाहरु त्यसपछि हुने दोस्रो खेल र जनवरी १८ मा हुने तेस्रो खेल हेर्न पनि रंगशालामा जान पाउने मन्त्रालयले जनाएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरूले नयाँ स्वतन्त्रताको पहिलो पटक फाइदा उठाउन पाउने भएका छन् । प्रतियोगिता अन्तर्गतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुन लागेको हो । साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवैभन्दा धेरै अनुदार मुलुक मानिन्छ । एएफपी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..