काँग्रेसका कार्यकता मध्यरातमा पैसा बाँड्दै गर्दा बामगठबन्धनको नियन्त्रणमा

पर्वत । नेपाली काँग्रेसका कार्यकर्ताहरुले मौन अबधिमा अचारसंहिता विपरित  मतदातालाई प्रभावित पार्नको लागि  पैसा वितरण गरिरहेको बेलामा बामगठबन्धनका कार्यकर्ताहरुले रंगेहात पक्राउ गरेका छन् ।
कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा पैसा बाढ्दै गरेको अबस्थामा नेपाली काग्रेसका कार्यक्रर्ता अर्जुन खनाल पक्राउ परेका हुन् । उनलाई ४८ हजार नगद रुपैया सहित  बामगठबन्धनका कार्यकर्ताले कब्जामा लिएका हुन ।
बा ८१ प ५८८५ नम्बरको मोटरसाईकलमा पैसा बितरण गर्दै हिडेको देखेपछि उनलाई कब्जामा लिएको स्थानिय मिलन सुबेदिले बताए ।
त्यस्तै जलजला गाउँपालिका ८ नाङलीवाङमा निर्वाचनलाई प्रभावित पर्ने खानेपानीको पाइप लगेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली काँग्रेसले २ क्वाइल पाइप  ग २ च ४३८८ नम्बरको जीपमा लैजादै गर्दा प्रहरीले नियन्त्रणमा लिएको स्थानीइ सोम जिसीले जानकारी दिए ।
यता मोदी गाउँपालिका ३ देउरालीमा पनि नेपाली काँग्रेसले आचारसंहिता विपरित आमा समुहलाई मन्दिर निर्माणको लागि भन्दै दिएको ५० हजार रुपैयाँ पनि बामगठबन्धनले नियन्त्रणमा लिएको छ ।
चुनावलाई प्रभावित पार्नको लागि उक्त रकम वितरण गरिएको थाहा पाएपछि बामगठबन्धनका कार्यकर्ता र स्थानीयहरुले नियन्त्रणमा लिएको युवा संघका अध्यक्ष विमल लामिछानेले जानकारी दिए । महेन्द्र केसी
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..