विचित्रको रोग–एक दिनमा एक सयभन्दा बढी चरमसुख !

उनको नाम डेल डेकर हो । उनी भन्छन् कि उनी एउटा विचित्रको रोगको शिकार भएका कारण उनको पारिवारिक जीवन तहसनहस हुँदैछ । उनको लिङ्ग निरन्तर उत्तेजित अवस्थामा रहने भएकाले उनी घरबाहिर पनि जान सक्दैनन् । उनी साथीहरुसँग पनि भेटघाट गर्न सक्दैनन् । उनलाई दिनभरमा एक सयपटक भन्दा बढी चरमसुखको अनुभूति हुन्छ । तर, एक पटक पनि उनी यसबाट आनन्द प्राप्त गर्न पाउँदैनन् ।

उनी परसिस्टेंट जेनाइटल अरुजल सिन्ड्रोमको शिकार भएकाले घरमै बन्द अवस्थामा छन् । उनमा यो रोग सन् २०१२ मा देखिएको हो । त्यतिबेला उनी स्लिप डिस्कको शिकार भएका थिए । जतिबेला उनी एउटा कुर्सीबाट उठ्दै थिए । उनका अनुसार उनको यो अवस्थाका कारण पुरै जीवन बर्वाद भएको छ। ३७ वर्षीय डेल भन्छन्–सोच्नुस् त तपाई आफ्नो आमाबुबाको लाश नजिकै हुनुहुन्छ र घुँडामा हात राखेर बस्नु भएको छ। त्यही तपाईलाई नौपटक चरमसुख प्राप्त हुन्छ । यो पनि त्यतिबेला जतिबेला तपाईका पूरा परिवार तपाईको पछाडि उभिएको छ।

उनी भन्छन्–अब त यस्तो लाग्छ जबसम्म जिवित रहन्छु, तासम्म कुनै उन्माद नहोस् । अब यही कारणले अरु कुनै पनि सुखको अनुभव नै हुँदैन । यद्यपि शरीरलाई राम्रो लाग्छ । तर, जे भइरहेको छ, त्यसबाट म पुरै निशार छु। जब म साथीहरुमाझ हुन्छु वा बालबालिकासँग हुन्छु, तब यो स्थितिले निकै दुखी बनाउँछ ।

उनी भन्छन्–यस्तै घटना एक दिन एउटा पसलमा भयो, त्यहाँ वरपर एक डेढ सय मानिस थिए, जो सिधै मलाई हेरिरहेका थिए । तब मैले सोचेँ, मैले घर नै किन छोडेँ, जबकि यस्तो हुने सम्भावना छ ।

डेल टुरिभर्स, भिस्कोन्सिनमा बस्नछन् । उनका दुई छोरा १२ वर्षीय क्रिश्यिन र ११ वर्षीय टायटन छन् । उनकी श्रीमती ३३ वर्षकी छन् । उनकी पत्नी एप्रिल सम्भव भएसम्म श्रीमानलाई सहयोग गर्छिन् । तैपनि उनी यो स्थिति सामना गर्न आफूलाई असमर्थ ठान्छिन् ।

उनी भन्छिन्–हामी वास्तवमै विचित्रको संघर्ष गरिरहेका छौ । डेल परिवारका लागि कुनै काम गर्न सक्दैनन् । त्यसैले सबै बोझ ममा रहेको अनुभव हुन्छ । यो निकै दुखद् हो कि हामी त्यो सबै कुरा गर्न पाउँदैनौ, जुन एक पतिपत्नीबीच हुन्छ । यसका साथै हामी यो हुन नहुने विषयमा झगडा पनि गरिरहन्छौ ।

एप्रिल भावुक हुँदै भन्छिन्–राति उन्मादको स्थिति हुन्छ, त्यसैले हामी अलगअलग ओछ्यानमा सुत्ने निर्णय गरेका छौ ।

उनी भन्छिन्–यो निकै ठुलो दुखद् स्थिति हो, किनभने तपाई यस्तो अवस्थामा अन्य व्यक्तिबाट सान्त्वनाको आशा गर्नु हुन्छ, तर, यस्तो हुन सक्दैन । म पूरानो डेललाई मिस गर्छु, म आशा गर्छु कि एक दिन उनी मसँग फर्कने छन् । उनको उपचार हुने र रोग निको हुने आशा गरेकी छु ।

यही अवस्थाका कारण डेल र बच्चाहरुबीचको सम्बन्ध पनि प्रभावित भएको छ। तैपनि उनलाई थाहा छैन कि यो के भइरहेको छ ।उनी आफ्नी पत्नीसँग यौन सम्बन्ध पनि कायम गर्न सक्दैनन् । किनभने उनी चाहेर पनि श्रीमतीलाई सन्तुष्ट पार्न सक्ने स्थितिमा हुँदैनन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..