
सुनसरी। दाउरा र धानको भुसको आगो बाली सुतेको अवस्थामा ईटहरी उपमहानगरपालिका–६ नेपा भबन डेरा गरी बस्ने वतन नखुलेको आलम मियाको २ छोरीहरुको गुम्सेर मृत्यु भएको छ ।
आलम मिया तथा उनको श्रीमती र दुईजना छोरी समेत ४ जना गएको राती अत्याधिक जाडो बढेको कारण कोठामा दाउरा र धानको भुसको आगो बाली सुतेकोमा गुम्सेर सबै बिरामी भएकोले उपचारको लागि बिराट शिक्षण अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा २ छोरीहरुको मृत्यु भएको थियो । आलम दम्पतीको अबस्था गम्भीर रहेको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।