चीनमा अन्धाधुन्ध कार हाँक्दा १० जनाको मृत्यु (भिडियोसहित)

चीनमा अन्धाधुन्ध कार हाँक्दा १० जनाको मृत्यु (भिडियोसहित) 1

बेइजिङ । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा १० जनाको मृत्यु भएका छन् ।

कम्तिमा पनि १० को मृत्यु भएको र ४३ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।

स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार भएको पनि बताएका छन् । सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमिको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..