जर्मनमा खुल्यो हिमालय योगा सेन्टर

जर्मनमा हिमालय योगा एण्ड आयुर्बेद सेन्टर संञ्चालनमा आएको छ ।

आयुर्बेद पञ्चकर्म बिशेज्ञ बिष्णु कार्कीले जमर्नीमा संञ्चालन गर्न लागेको हिमालय योगा एण्ड आयुर्बेद सेन्टरको उद्घाटन गर्दे जमर्नी लागि नेपाली राजदुत रमेश खनालले पंञ्चकर्म सेन्टर मार्फत नेपालको स्वास्थ्य पर्यटनमा टेवा पुग्ने बताउनुभयो ।

युरोपीयन देशका पर्यटकहरु लक्षित पंञ्चकर्म सेन्टरले नेपालको स्वाथ्य पर्यटनको प्रबद्र्धनमा सहयोग पुर्याउन सेन्टरले महत्वपुर्ण भुमिका खेल्ने सेन्टर संञ्चालक बिष्णु कार्कीले जानकारी दिनुभयो ।

बिगत दश बर्षदेखि जर्मनमा आयुर्बेद पञ्चकर्म सेन्टर संचालन गरीरहनु भएका कार्कीले नेपालको ललीतपुरस्थित भैसेपाटीमा अजस्रीका पंञ्चकर्म सेन्टर मार्फत सेवा दिईरहेको बताउनुभयो ।

पंञ्चकर्म सेन्टरको उद्घाटन कार्यक्रममा बिभिन्न योगा तथा पंञ्चकर्म सम्बन्धी सांस्कृतिक कार्यक्रम समेत गरएिको थियो । ललीतपुरमा रहेको अजस्रीका एण्ड आयुर्बेद पंञ्चकर्म सेन्टरमा बिदेशबाट सेवालीनको लागि पर्यटकहरुको भीड लाग्ने गर्छ ।

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..