तपाईलाई थाहा छ चिनियाँ बच्चाहरु कि यस्तो पाइन्ट लगाउँछन् ? फाइदा र हानी यस्तो छ

यदि तपाई कुनै बच्चालाई गल्ली, पार्क वा शपिङ्ग सेन्टरमा खुलेआम बसेर शौच गरिरहेको देख्नुभयो भने के सोच्नु हुन्छ? चीनमा भने यस्तो देख्नु सामान्य कुरा हो । बच्चालाई घुमफिर गर्न कुनै समस्या नहोस, त्यसैले चीनका धेरै मानिसले बच्चालाई परम्परागत पहिरन लगाइदिने गर्दछन् । यसलाई ‘कई डांग कू’ भन्ने गरिन्छ ।

यो विशेष प्रकारको पाइन्ट हुन्छ, जसको पछिल्लो हिस्सामा ठुलो प्वाल हुन्छ । यो सत्य हो कि पहिलाको तुलनामा अब यसको प्रयोग कम हुन्छ । तर यो चलन अन्त्य भने भइसकेको छैन। विदेशीहरुका लागि यसप्रकारको पाइन्टको कुनै अर्थ छैन । बाहिरबाट आएका अधिकांश मानिसलाई यही लाग्छ कि यो राम्रो बानी होइन र यसबाट बच्चालाई पनि समस्या हुन्छ ।

ब्राजिलबाट हालै बेइजिङ शिफ्ट भएका एक जना वकिलले बीबीसीसँग भने–‘गत साता म बेइजिङको एउटा महंगो शपिङ्ग सेन्टरमा गएको थिएँ । मैले देखे कि त्यहाँ एक जना बच्चा निहुरिएर बसेको छ र दिशा गरिरहेको छ । फेरि मैले उनकी आमालाई त्यहाँ दिशा सफा गरिरहेको देखेँ । म आश्चर्यमा परेँ । यो सबै कुरा निकै विचित्रको थियो ।

हेर्दा भलै यो कति फोहोर लाग्दछ तर यस्तो पनि होइन कि यसबाट मात्र नोक्सान हुन्छ । यसका केही फाइदा पनि छन् ।

फाइदा

चिनियाँहरुको मान्यताअनुसार यस्तो पाइन्ट लगाउँदा बच्चा चाँडै वाशरुम प्रयोग गर्न सिक्दछन् । यही डायपर लगाउने बच्चालाई वाशरुम जाने बानी ढिला सुरु हुन्छ ।

यदि बच्चा गलत स्थानमा दिशा गर्नका लागि बसेको छ भने त्यसलाई ठुलाहरुले रोक्ने गर्दछन् । चीनमा चीन चार महिना उमेरकै बच्चालाई वाशरुम जान सिकाइन्छ । जबकि पश्चिमी मुलुकहरुमा एक डेढ वर्षको उमेर भएपछि मात्र सिकाइन्छ । चिनियाँ बच्चाको यो पहिरनले मानिसहरुको ध्यान यसरी खिचिरहेको छ कि इन्टरनेटमा यसबारेमा कुरा गर्नका लागि बकायदा फोरम बनाइँदैछ ।

‘कई डांग कू’ को लोकप्रियताको अन्दाजा यो कुराबाट पनि लगाउन सकिन्छ कि चीनका अधिकांश बजारको कपडा पसलमा प्वालबिनाको पाइन्ट पाउन मुश्किल हुन्छ ।

नोक्सान

यो पाइन्ट लगाउँदाका बेफाइदाहरु पनि छन् । तपाईले विभिन्न स्थानमा दिशा गरिरहेको बच्चा देख्नु हुनेछ । परिणामतः सार्वजनिक स्थानमा फोहोर र गन्ध फैलिरहन्छ जसले रोग जन्माउन सक्छ । यो मामिलामा शरको तुलनामा चीनको गाउँको स्थिति बढी खराब छ ।

संसारमा यो विषयमा विवाद भइरहेको छ कि के ‘कई डांग कू’को प्रयोग पर्यावरणका लागि राम्रो छ कि छैन । भनिन्छ कि यसको प्रयोगबाट कयौ टन फोहोर कम भइरहेको छ । कयौ युरोपियन मुलुकमा पनि अब मानिसलाई भन्न थालिएको छ कि उनीहरु बच्चालाई कपडाको डायपर बनाउन् ।

यद्यपि अब चिनियाँ डाक्टरहरु पनि यो मान्न थालेका छन् कि डिस्पोजेबल डायपरको प्रयोग गर्नु बढी राम्रो हुनेछ। निश्चय नै त्यसलाई चाँडोचाँडो परिवर्तन गरियोस नत्र रोग लाग्ने खतरा रहन्छ । यसका साथै डायपरको प्रयोगलाई अब स्टेटस सिम्बलसँग जोडेर पनि हेर्न थालिएको छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..