बौद्ध र कलंकीमा पनि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शाखा

काठमाडौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले ३८औं र ३९औं शाखाको रुपमा क्रमशः काठमाडौंको बौद्ध र कलंकीमा खोलेको नयां शाखाहरुको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले उद्घाटन गर्नुभएको छ।

कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरियो । उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै FAIR Underwriting, SMART Claim Services को सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सक्ने बताइएको छ ।

हालै मात्र संयुक्त अधिराज्यमा रहेको United Registrar of Systems बाट गरिएको बिस्तृत लेखापरीक्षण पश्चात लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ISO Standard Certificate,ISO 9001 : 2015 प्रदान गरिएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..