आफुले नभई प्रधानन्यायधीशले अदालतको अवहेलना गरेको डाक्टर केसीको बयान

काठमाडौ । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बयान दिनु भएको छ ।

सर्वोच्चको आदेशपछि अनसन स्थलबाटै पक्राउ पर्नुभएका डा. केसीलाई विहानै अदालत लगिएको थियो । उहाँको बयान सकिएको छ । ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुने भनिए पनि भोलि मात्रै बहस हुने भएको छ ।

डा. केसीले बयानका क्रममा प्रधानन्यायाधीश पराजुलीमाथि नै गम्भीर प्रश्न उठाउनुभएको छ । उहाँले पराजुलीले दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाउनुभएको हो ।

पराजुलीले आफ्नो भन्जे ज्वाइँ नातेदार नहकुल सुवेदीले ६÷७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताउनुभयो । साथै उहाँले पराजुली बाहेक सर्वोच्चका अन्य सम्पूर्ण न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ गर्न माग गर्नुभएको छ ।

डा. केसी विरुद्धको मुद्दा ओमप्रकाश र केदार चालिसेको इजलासमा
डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा परेको छ ।सर्वोच्चको आदेश अनुसार प्रहरीले डा. केसीलाई विहान ९ बजे नै उपस्थित गराएको थियो ।

तर, निकै ढिला गरी मात्र इजलास तोकिएको छ ।डा. केसीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।केसीको विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल लगायतले बहस गर्नेछन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..