भाइरल भइरहेको छ एक महिलाको कहानी, पति र बच्चा खाटमुनि, गर्नु परेको छ सम्झौता

‘लव सोनिया’ मा एक सोशल वर्कर मनीष, जसको भूमिका राजकुमार रावले निभाएका छन्। उनी सोनिया (मृणाल ठाकुर) लाई बचाउनकालागि आफ्नो ज्यानको समेत बाजी लगाउँछन्। र उनलाई बचाउन वेश्यालयसम्म पुग्छन्। तर सोनिया वेश्यालयबाट बाहिर आउन तयार हुन्नन्।

यसपछिको कारण, उनकी बहिनी प्रीति जसको भूमिका रिया सिसोदियाले निर्वाह गरेकी छन्।  जसलाई बचाउनकालागि सोनिया वेश्यवृत्तिमा संलग्न छिन्। वेश्यालयको वास्तविकता देखाउनकालागि बलिउड निर्माता यस्तै प्रकारको फिल्म लिएर आउँदैछन्। यस्तो फिल्म आजकल सिल्वर स्क्रीनको थिममा बनाइँदैछ।

यो फिल्ममा कसरी सोझा सिधा युवती वेश्यावृत्तिमा संलग्न हुन्छन् भन्ने देखाउन खोजिएको छ। फिल्म ‘लव सोनिया’ मा मृणाल ठाकुरको मुख्य भूमिका छ। मृणाल ठाकुरले एक अन्तर्वातामा सेक्स वर्करको जीवनलाई पर्दामा उतार्नकालागि मृणाल कोलकाताको ‘सोनागाछी रेडलाइट एरिया’ मा गएर त्यहाँका सेक्स वर्करको जीवनलाई नजिकबाट हेरेकी छन्।

उनले त्यस क्रममा सेक्र्स वर्करले कसरी आफ्नो परिवारलाई पालन पोषण गरेका छन् भन्ने कुरा नजिकबाट हेरेकी छन्। निकै सानो कोठामा बस्ने यौनकर्मीसँग दैनिक ३० देखि ४० सम्म ग्राहक आउँछन्।  सेक्स वर्करले कयौं पटक त आफ्नो श्रीमान र छोरा छोरीलाई बेडमाथि सुताएर तल आफ्नो धन्दासमेत गर्ने गरेका छन्। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..