पिसावको रङ्गले यसरी रोग लागेको संकेत यसरी दिन्छ

स्वास्थ्यका कयौ संकेत पिसाव जाँचेर थाहा पाउन सकिन्छ । पिसावको रङ्ग, गन्ध र त्यसको प्रक्रियाले यो कुराको संकेत दिने गर्दछ कि शरीरमा के भइरहेको छ।

गुलियो गन्ध

पिसावको गुलियोपनसँग तपाईले खाएको गुलियो कुराको कुनै सम्बन्ध हुन्न । मधुमेह विशेषज्ञ डाक्टर फिलिप्सका अनुसार ‘गुलियो गन्ध छोड्ने पिसाव अक्सर मधुमेहको पहिचानमा महत्वपूर्ण हुन्छ । रगतमा चिनीको मात्रा ठिक नभएकोअवस्थामा पिसावमा यस्तो गन्ध आउने गर्दछ ।

पारदर्शी नहुनु

यो युरिनरी ट्रैक्ट इन्फेक्सनको संकेत हुन सक्दछ । असामान्य रङ्ग ब्याक्टेरिया र सेतो रङ्ग कोशिकाहरु चलेका कारण हुन सक्छ । हुन सक्छ कि तपाईलाई युरिनरी ट्रैक्ट इन्फेक्सन नभएको होस्, तपाई स्वस्थ पनि महशुस गरिरहनु भएको होस, तर पिसावको रङ्ग परिवर्तनलाई कहिल्यै पनि नजरअन्दाज नगर्नुस् ।

रातो रङ्ग

आमरुपमा धेरै बढी खरबुजा वा रातो रङ्गका फलफूल खाँदा पनि यस्तो हुन्छ । तर रातो यदि निकै बढी रातो छ भने ध्यान दिनुस्, पिसावमा रगत पनि हुन सक्छ । यो युरिनरी ट्रैक्ट इन्फेक्सन, मृगौलाको पत्थरी वा क्यान्सरको संकेत पनि हुन सक्दछ ।

धेरै दुर्गन्ध

पिसावबाट आमरुपमा दुर्गन्ध आउँछ नै, तर यदि दुर्गन्ध निकै नै तिखो र सडेको खानाजस्तो छ भने मुत्रासयमा संक्रमणको संकेत पनि हुन सक्दछ ।

पिसाव फेर्दा जलन

कतिपयलाई पिसाव फेर्दा जल खुर्सानी बढी खाएका कारण पनि हुन सक्दछ । आमरुपमा यस्तो शरीरमा पानीको मात्रा कम हुँदा हुन्छ । तर, यदि पर्याप्त पानी पिउँदा पनि पिसाव गर्दा जलन हुन्छ बने यो कुनै संक्रमणको संकेत हुन सक्दछ ।

पिसाव गर्न समस्या

यो युरिनरी ट्रैक्ट इन्फेक्सनको आम संकेत हो । यसको सबैभन्दा आम संकेत हरेक पटक पिसाव फेर्ने बेला जलन हुनु हो । पिसाव रोकीरोकी आउनु वा पटकपटक पिसाव गर्न मन लाग्नु हो । ६० वर्षको उमेरपछि पुरुषमा प्रोस्टेट बढ्दा पनि यस्तो हुने गर्दछ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु जरुरी छ ।

पटकपटक पिसाव लाग्नु

महिलाहरुमा यो गर्भधारणको सुरुवाती संकेत हो । हर्मोनहरुमा परिवर्तन हुँदै गर्दा मृगौलाबाट रगत प्रवाह बढ्ने गर्दछ । निकै बढी कैफिन वा अल्कोहलका काण पनि यस्तो हुन्छ । यदि लामो समयसम्म हरेक दिन कयौपटक पिसाव लाग्ने गरेको अवस्थामा डाक्टरको सल्लाह लिनु जरुरी छ । यो मधुमे वा ट्युमरका संकेत पनि हुन सक् छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..