बन्चरो प्रहार गरेर सल्यानमा सौताको हत्या

सल्यान । दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ बर्षीया रुपा खत्रीलाई उनकी सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेकी छन ।

बुधबार विहान १ बजेतिर सामान्य झगडाको विषयलाई लिएर उनले हत्या गरेकी हुन । हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेकी छन । राती १० बजे भएको झगडा पश्चात १ बजेतिर कल्पना चन्दले बन्चरो प्रहार गरेकी प्रहरीले जनाएको छ ।

चन्दकोे खोजि भैरहेको र थप अनुसन्धान भैरहेकोे प्रहरी नायव उपरिक्षक भरत बहादुर विकले बताए ।

मृतक खत्रीलाइ जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएकोे उनले जानकारी गराए । मृतक खत्रीका ३ छोरी र १ छोरा छन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..